मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोडर्ना बुस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी भएको दावी

मोडर्ना बुस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी भएको दावी


काठमाडौँ : खोप निर्माता कम्पनी मोडर्नाले नयाँ ओमिक्रोन भेरियन्टविरुद्ध आफ्नो कोभिड खोपको बुस्टर डोज निकै प्रभावकारी भएको बताएको छ ।

कम्पनीले प्रारम्भिक तथ्यबाट मोडर्ना खोपको बुस्टर डोज ओमिक्रोनविरुद्ध निकै प्रभावकारी देखिएको बताएको हो । फाइजर खोपको बुस्टर डोजभन्दा आफ्नो खोपले बढी सुरक्षा प्रदान गर्ने पनि कम्पनीको भनाइ छ ।

कम्पनीले सोमबार सार्वजनिक गरेको ल्याब परीक्षणको नतिजाअनुसार हाल अनुमति पाएको ५० माइक्रोग्रामको तेस्रो डोज लगाएपछि ओमिक्रोनविरुद्ध एन्टिबडीको मात्रा झण्डै ३७ प्रतिशतले बढ्छ । त्यस्तै, १०० माइक्रोग्रामको पूर्ण डोज लगाएपछि एन्टिबडीको मात्रा ८३ प्रतिशतले बढ्ने ल्याब परीक्षणले देखाएको छ ।

यसै महिना फाइजरले आफ्नो बुस्टर डोज लगाएपछि ओमिक्रोन भेरियन्टविरुद्ध एन्टिबडीको मात्रा २५ प्रतिशतले बढ्ने बताएको थियो । मोडर्नाले फाइजरको उक्त घोषणापछि आफ्नो ल्याब परीक्षणको नतिजा सार्वजनिक गरेको हो ।

अमेरिकाको खाद्य एवं औषधि प्रशासन (एफडीए)ले आधा डोज अर्थात् ५० माइक्रोग्राम बराबरको मोडर्ना खोपलाई बुस्टर डोजको रुपमा प्रयोग गर्न सिफारिस गरिसकेको छ । यसैबीच, आगामी वर्षको सुरूतिर ओमिक्रोनलक्षित बुस्टर डोजको परीक्षण गरिने कम्पनीका सीईओ स्टेफाने बान्सेलले बताए ।