मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजार नगरपालिकामा मोर्डना खोप लगाउने कार्य सुुरु

कमलबजार नगरपालिकामा मोर्डना खोप लगाउने कार्य सुुरु


फाइल फोटो

अछाम : जिल्लाको कमलबजार नगरपालिकाका १२ देखि १७ बर्ष उमेर समुुहका बालबालिका लाई कोभिड १९ बिरुद्धको मोर्डना खोप लगाउने कार्य आज बाट सुुरु भएको छ ।

राष्ट्रीय अभियानको रुपमा रहेको खोप कार्यक्रम अनुुसार यहाँका १३ सँय ८३ बालबालिका लाई खोप लगाईएको बताईएको छ । जस अनुुसार ७ सँय ४१ बालिका तथा ६ सँय ४२ बालक लाई खोप लगाईएको हो ।

नगरपालिका स्थित बिध्यालयहरुमा १२ देखि १७ बर्ष उमेर समुुहका बालबालिका लाई सो संख्यामा मोर्डना खोप लगाईएको छ । पहिलो दिन आज पौष ८ गते १३ सँय ८३ बालबालिकालाई खोप लगाईएको यहाँका कोभिड १९ सम्पर्क ब्यक्ती टेक बहादुुर बिष्टले जानकारी दिए ।

यहि पौष ८ गते आज बाट संचालन कोभिड १९ बिरुद्धको मोर्डना खोप कार्यक्रम पौष १४ गते सम्म चल्नेछ । यस खोप अभियान कार्यक्रमलाई नगर स्थित शिक्षक, बिध्यार्थी, अभिभाबक, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंयमसेविका लगायत सम्बद्ध सम्पूूर्णलाई सहयोग गरीदिन पनि स्वास्थ्य शाखा कमलबजारले आग्रह गरेको छ ।

बिध्यालयमा अध्ययनरत १२ देखि १७ बर्ष उमेर समुुहका बिध्यार्थीलाई लक्षित यो खोप कार्यक्रम प्रभाबकारी हुुने देखिएको छ । बिध्यालय नजाने सो उमेरका बालबालिकाले भने यहि पौष १४ गते कोभिड १९ बिरुद्धको मोर्डना खोप लगाउन सक्ने पनि बताईएको छ ।

बिध्यालयमै खोप पाउँदा बिध्यार्थी निकै खुुशी भएका छन् । ढुुक्क भएर खोप लगाउन पनि खोप बिज्ञ तथा डाक्टरहरुले अनुुरोध गरेका छन् ।