मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर जरिबाना तिराउन रूसी अदालतकाे आदेश

गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर जरिबाना तिराउन रूसी अदालतकाे आदेश


काठमाण्डाै – रुसकाे मस्काेमा रहेकाे एक अदालतले विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिबाना गर्ने भएको छ ।

रूसी अधिकारीहरूले ठूला विदेशी प्राविधिक कम्पनीविरूद्धको कारबाहीलाई अघि बढाउँदै अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा गुगललाई जरिबाना गर्ने भएको हाे । 

अदालतले हिजाे गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिबाना गर्ने आदेश दिएको हो । 

अदालतको प्रेस सेवाले जरिबाना सम्बन्धी जानकारी टेलिग्राममार्फत गराएको बीबीसीमा उल्लेख छ । केही युरोपेली देशले जस्तै गुगलले अवैध सामग्री राखेको भन्दै आपत्ति जनाउँदै यस्ता सामग्री हटाउन दबाब दिँदै आएको छ। 

इन्टरनेट सर्च, क्लाउड कम्प्युटिङ र विज्ञापनको क्षेत्रमा अत्याधिक लगानी गरेको गुगल संयुक्त राज्य अमेरिकाको एक बहुराष्ट्रीय सार्वजनिक कम्पनी हो ।

इन्टरनेटमा आधारित बहुसङ्ख्यक सेवा तथा उत्पादनहरूको आयोजना तथा विकास गरेर आफ्नो विज्ञापनजन्य कार्यक्रम ‘एडवर्ड्स’को माध्यमबाट नै गुगलले नाफा कमाउँछ ।