काठमाडौं । आज बिहानैबाट देशभर वर्षा र हिमपात भइरहेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।
काठमाडौं उपत्यका वरिपरिका अग्ला पहाडमा पनि हिमपात भएको छ । चन्द्रागिरि हिल्सलगायत क्षेत्रमा हिमपात भएको छ । हिमपात भएपछि चन्द्रागिरिमा हिउँ खेल्न जानेको भिड लाग्ने गरेको छ ।
“अहिले देशभर वर्षा र हिमाली भू–भाग तथा उच्च पहाडमा हिमपात भइरहेको छ । यो भोलि बिहानसम्म रहन्छ,” मौसमविद् गंगा नगरकोटी भन्छिन्, “पानी पर्न रोकिएर बादल हटेपछि तापक्रम यो वर्षकै न्यून हुनसक्छ ।”
प्रतिक्रिया