काठमाडौं- सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा बुधबार बिहानैदेखि हिमपात सुरु भएको छ। डडेल्धुरा, बैतडी बझाङल, दार्चुला, डोटीलगायत पहाडि जिल्लाका उच्च क्षेत्रमा हिमपात भइरहेको हो।
हिउ परेसँगै बढेसँगै उच्च लेकाली क्षेत्रमा अत्याधिक चिसो बढेको छ। हिमपातले एक्कासि बढेको चिसोका कारण विशेष गरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन्।
यता, कैलालीमा भने रातिदेखि सिमसिम वर्षा भइरहेको छ। वर्षासँगै यहाँ पनि चिसो अत्याधिक बढेको छ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौंसहित देशभर पानी परेको छ भने उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको बताइएको छ। तस्बिर : मोहन बिष्ट
प्रतिक्रिया