अछाम : अछाम जिल्लाका उच्च भागमा हिमपात भएको छ । मंगलबार राति देखी अबिरल बर्षा संगै जिल्लाको खप्तड क्षेत्र, रामारोशन, रिषिदह, चौखुट्टे, कमलबजार, ठुलासैन लगायतका क्षेत्रमा हिमपात भईरहेको छ ।
हिमपातले चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । यहाँका मानिसलाई आवत जावत गर्न र दैनिक काम गर्न कठिनाई भएको छ भने गाईबस्तुलाई चराउन समेत अप्ठेरो भएको छ ।
सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा मंगलबार देखि हिमपात भईरहेको छ । अबिरल बर्षा संगै यस प्रदेशा पहाडी जिल्लामा हिमपात भईहरेको हो ।
हिमपातका कारण तराई संग जोड्ने राजमार्ग समेत अवरुद्ध भएका छन् ।
प्रतिक्रिया