अछाम : नेपाली कांग्रेस अछामको जिल्ला सहसचिव पदका लागि युवा नेता दिनेश कुमार स्वाँरले उम्मेद्धारी घोषणा गरेका छन् ।
नेपाल बिद्यार्थी संघ अछामका पूर्व सचिव रहेका नेता स्वाँरले पार्टी संगठनलाई बलियो र चलायमान बनाउन सहसचिव पदमा उम्मेद्धारी दिने घोषणा गरे ।
नेपाली कांग्रेस अछामलाई जिल्लामा बलियो पार्टी बनाउन युवा र परिपक्क नेताहरुको सयुक्त समिती आउन जरुरी रहेको भन्दै आफुले सहसचिव पदमा उम्मेद्धारी दिने निर्णय गरेको नेता स्वाँरले सुदूरआजलाई बताए ।
परिपक्क नेताको अनुभव र युवाहरुको सक्रियताबाट नै पार्टी बलियो हुने भन्दै नेता स्वाँरले आफु ठुलो महत्वकांक्षी नभई सहसचिव पदमा उम्मेद्धारी दिने बताए ।
नेता स्वाँर नेबिसंघमा सक्रिय रहेर अछाम जिल्लामा बिद्यालयहरुमा निबिसंघको निर्माण देखि बिद्यदार्थीका सवालमा सक्रिय रहेर काम गरेका थिए । बिगतमा तत्कालिन माओवादीको १० बर्षे द्धन्द्धका क्रममा युवा नेता स्वाँर संगठन निर्माणका लागि काम गरेका थिए ।
२०६२/०६३ को जनआन्दोलनका बेला जिल्लामा नेबिसंघ र कांग्रेसकै संगठन नभएका बेला स्वाँरले अछामका दुबै क्षेत्रमा खटेर संगठन निर्माण गर्न भुमिका निर्वाह गरेको नेता कार्यकर्ताको बुझाई छ ।
कोरोना कहरमा समेत नेता स्वाँरले जिल्लामा बिरामीहरुको उपचारमा स्वास्थ्य सामाग्री उपलब्ध गराउने देखि खाना नास्ताको प्रबन्ध मिलाउन सक्रिय रहेर काम गरेका थिए । स्वाँर बिपी कोईराला युवा नेतृत्व विकास मञ्च अछामको अध्यक्ष भएर समेत काम गरिरहेका छन् ।
नेता स्वाँर युवा नेता राजन कुवँर अध्यक्ष रहेको नेबिसंघको कमिटीमा २०६२ देखि २०७० सम्म जिल्ला सचिव भएर काम गरेका थिए । कुवँरले यसअघि नै सभापती पदमा उम्मेद्धारी घोषणा गरिसकेका छन् ।
नेपाली कांग्रेस अछामको जिल्ला अधिबेशन यहि पौष २७ गते हुने भएको छ । यसअघि अछाम क्षेत्र नं. १ मा मतगणनाका क्रममा बिबाद हुदाँ तोकिएको समयमा हुन नसकि रोकिएको अधिबेशन २७ गते हुने केन्द्रको निर्णय संगै जिल्लामा सरगर्मी बढ्न थालेको छ । केन्द्र तथा प्रदेशमा रहेका नेताहरु जिल्ला तर्फ फर्किन थालेका छन् ।
प्रतिक्रिया