मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले अछामको अध्यक्षकाे लागि नेता बाेहरा र शाह दाबी

एमाले अछामको अध्यक्षकाे लागि नेता बाेहरा र शाह दाबी


आठौं जिल्ला अधिवेशनका लागि एमाले अछामद्वारा विभिन्न ९ समिति गठन, २३ गते खुल्ला मञ्चमा उद्घाटन समाराेह गरिने

टेकराज भण्डारी / अछाम

नेकपा एमाले जिल्ला कमिटी अछामकाे बैठक जिल्ला अधिवेशन तयारीका लागि विभिन्न निर्णय गर्दै सकिएकाे छ । कार्यबाहक जिल्ला अध्यक्ष नन्दबहादुर कडायतकाे अध्यक्षतामा बसेकाे जिल्ला कमिटीको पूर्ण बैठकले पाैष २३ गते हुने पार्टीको आठौं जिल्ला अधिवेशन भब्यताका साथ सम्पन्न गर्ने निर्णय गरेकाे हाे ।

अधिवेशन सफल पार्न विभिन्न समिति बनाई जिम्मेवारी ताेकिएकाे छ । मंगलबार बसेकाे बैठकले गरेका निर्णय आज सार्वजनिक गरिएका हुन् । बैठकले जिल्ला अधिवेशनका लागि १७ जना प्रतिनिधि छनाैट गरेकाे प्रचारप्रसार समिति संयाेजक प्रकाश शाहले जानकारी दिए ।

यसैगरी कार्यबाहक अध्यक्ष कडायतकाे संयाेजकत्वमा प्रतिवेदन लेखन समिति, चन्द्र बाेहराकाे संयाेजकत्वमा अधिवेशन मुल व्यवस्थापन समिति गठन गरिएको छ । युवा नेता भीम रावलकाे संयाेजकत्वमा आवास व्यवस्थापन समिति, लिलाराज केसीकाे संयाेजकत्वमा आर्थिक व्यवस्थापन समिति, सरिता उपाध्यायको संयाेजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरिएको छ ।

बैठकले प्रकाश शाहकाे संयाेजकत्वमा प्रचारप्रसार समिति, बलबहादुर कुँवरकाे संयाेजकत्वमा जुलुस व्यवस्थापन समिति, दिपक अधिकारीकाे संयाेजकत्वमा सांस्कृतिक समिति तथा डिबि साउँदकाे अध्यक्षतामा स्वयंसेवक समिति गठन गरिएको प्रचारप्रसार समिति संयाेजक शाहले बताए .

पाैष २३ गते मंगलसेन खुलामञ्चमा अधिवेशनको उद्घाटन समाराेह गरिने तथा २४ गते मालिका रंगशालामा बन्दशत्र गरिने निर्णय गरिएको छ । एमाले अछामकाे अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

अधिवेशन नजिकिएसंगै नेतृत्वका लागि आकांक्षी समेत देखिन थालेका छन् । जिल्ला अध्यक्षकाे लागि नेताद्वय चन्द्र बाेहरा र प्रकाश शाह प्रमुख दावेदार रहने भएको पार्टी श्राेतले जनाएको छ ।