मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पुस पन्ध्र, सुदूरपश्चिममा धूमधामका साथ मनाइँदै

आज पुस पन्ध्र, सुदूरपश्चिममा धूमधामका साथ मनाइँदै


अछाम – आज पुसे पन्ध्र। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा धूमधामका साथ मनाइँदै छ। आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठुली रात मानी राति मीठा मीठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, रात भरी दन्ते कथा, कहानी सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड पकाएर खाने गरिन्छ। 

आ-आफ्नो जिल्ला अनुसार प्रख्यात परिकारसहित आजका दिन १५ प्रकारका खानेकुरा खाने तथा राति विभिन्न पुराना राजा रजौटाका कथा व्यथाका बारेमा रचिएका किंवदन्ती गाउने र भन्ने चलन पनि रहेको छ। 

डोटीलगायत अन्य जिल्लामा आज राति गाउँभरिका मानिस एक ठाउँमा जम्मा हुने तथा किंवदन्ती भन्ने तथा सुन्ने चलन रहेको छ। 

आजको रातलाई सुदूरपश्चिम पन्नरी रातसमेत भन्ने चलन छ। आजको रातमा तरुल, तेकुना, फर्सी, पिँडालु, सखरखण्ड तथा अन्नमा चालको परिकारबाट बनेको रोटी खाने चलन रहेको छ। 

पुसको १५ गते बढी चिसो हुने भएकाले चिसो हटाउनका लागि दिनभरि जङ्गलमा गएर तरुल लगायत विभिन्न कन्दमूल खोजेर ल्याउने र राति उसिनेर खाने गर्दछन्। पुस १५ देखि दिनहरु बिस्तारै लम्बिँदै जाने किंवदन्ती रहेको छ।