मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरपालिकाको आव २०७७/०७८ को सार्वजनिक सुनुवाई सम्पन्न

साँफेबगर नगरपालिकाको आव २०७७/०७८ को सार्वजनिक सुनुवाई सम्पन्न


कमल रावल, अछाम : साँफेबगर नगरपालिकाको आर्थिक बर्ष २०७७/०७८ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका अध्यक्ष साँफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुवरले नगरको समग्र प्रगति प्रतिवेदन सहित आर्थिक क्षेत्रमा सम्पन्न योजना विवरण जानकारी गराउनु भएको थियो ।

साँफेबगर नगरपालिका, प्रदेश सरकार, सबै वडा, संघिय सरकारको ससर्त, अनुदान, समपुरक तिरको आर्थिक बर्ष २०७७/०७८ को शिर्षकगत बजेट तथा खर्च सहित क्षेत्र गत तथा लक्षित समुहमा विनियोजन बजेटको खर्चको बारेमा समेत जानकारी गराउनु भएको थियो ।

नगरपालिकाको कुल बजेट ७४ करोड ३ लाख ७७ हजार ४ सय २० रकम मध्ये ६५ करोड १३ लाख २५ हजार ६ सय ६९ खर्च भई आर्थिक बर्ष २०७७/०७८ मा करिब ८८ प्रतिशत बजेट खर्च भएको नगरप्रमुख कुवरले बताउनु भयो ।

त्यसैगरि आर्थिक बर्ष २०७७/०७८ मा नगरपालिका मार्फत पोषण, कृषि विकास, सामाजिक सुरक्षा तथा पन्जिकरण कार्यक्रमको प्रगति, शिक्षा युवा तथा खेलकुद शाखा, सुचना प्रविधि, खानेपानी तथा सरसफाइ, पशु सेवा शाखा, प्राविधिक शाखा, सडक निर्माण, खानेपानी निर्माण, सिचाइ निर्माण, राजश्व संकलन, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, प्रधानमन्त्री रोजगार कार्यक्रम, स्वास्थ्य शाखा, न्यायिक समितिको प्रगति र मेडपा लघुउधम बिकासमा भएको प्रगति प्रतिवेदन नगर प्रमुख कुवरले पस्तुत गर्नु भएको थियो ।

सार्वजनिक सुनुवाईमा प्रगति प्रतिवेदन प्रस्तुत पछि सहभागी सबैले जिज्ञासा सहित सुझाव सल्लाह दिएका थिए । नगरपालिकासँग जोडिएका प्रश्नको जवाफमा नगर प्रमुख कुवर, उपप्रमुख विरमला देवि बुडथापा, बिषयगत शाखाका प्रमुखले दिनु भएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रमका अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश शाह, नेपालि काग्रेसका डण्डिराज जोशि, नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष रंग बहादुर ठकुल्ला, नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य मान बहादुर कुवरले आगामि दिनमा नगरले गर्नुपर्ने कामको बारेमा सुझाव सहितको मन्तव्य राख्नु भएको थियो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मि प्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन कानुन शाखा प्रमुख नृप विश्वकर्माले गर्नु भएको हो भने सहजिकरण सहजकर्ता तपेन्द्र कुवरले गर्नु भएको थियो ।