मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल निजामती कर्मचारी युनियन अध्यक्षमा ढुंगाना सर्वसम्मत

नेपाल निजामती कर्मचारी युनियन अध्यक्षमा ढुंगाना सर्वसम्मत


अछामः नेपाल निजामती कर्मचारी युनियन अछामको ८ औँ महाधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । हिजो उदघाटन पछी आजसम्म चलेको बन्दसत्रले पुनः झपटराज ढुंगानाको अध्यक्षतामा १७ सदस्यिय जिल्ला कार्य समिती चयन गरेको छ ।

जसमा उपाध्यक्ष विष्णु प्रसाद उपाध्याय, साबित्री खडका, रत्ना सोडारी, सचिव लोग बहादुर सिजापती, सहसचिव प्रेम प्रसाद जैसी, कोषाध्यक्ष गोकुल देवकोटा लगाएतका सदस्य रहेका छन । त्यसैगरि ५ जनालाई केन्द्रीय महाधिवेशन प्रतिनीधीमा छनोट गरिएको छ ।

जसमा र चक्र बहादुर बिष्ट, राजेन्द्र भाट, झनक प्रसाद न्यौपाने, देवेन्द्र बहादुर साहु, र गोविन्द देवकोटा रहेका छन । नव निर्वाचित समितीलाई नेपाली काग्रेस अछामका पार्टि सभापती भरत कुमार स्वारले प्रमाणपत्र वितरण तथा सपथ गराएका थिए ।

यसअघि आठौँ जिल्ला अधिबेशनको नवर्निवाचित नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश सहमहामन्त्री अम्बिका चलाउनेले उद्घाटन गरेकी थिईन् । कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सुरेन्द्र प्रसाद अधिकारी बिशिष्ट अतिथि रहेका थिए ।