मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेखको कुस्कोटमा अदुवा खेतिलाई व्यावसायिकरण गरिदै

मेल्लेखको कुस्कोटमा अदुवा खेतिलाई व्यावसायिकरण गरिदै


लाल बहादुर चदाराः अछामको मेल्लेख गाउपालिका वडा नम्बर ४ कुस्कोटको गाज्रामा अदुवा खेती विस्तार कार्यक्रमलाई व्यावसायिक रुपामा अगाडि बढाईएको छ । नेकपा माओवादि केन्द्र मेल्लेख संगठन कमिटीका अध्यक्ष समेत रहेका ज्वालासिंह साउदले अदुवा खेती बिस्तार कार्यक्रमलाई व्यावसायिक रुपमा अगाडि बढाएका हुन् ।

उनले आफ्नो उत्पादन लाई व्यावसायिक करण गरि समुदायमा कृषि उपचबाट मनग्गे आम्दानि लिन सकिने भन्दै अदुवा खेति सुरुवात गरेको बताए । नगदे बालिको रुपमा रहेको अदुवा खेति पुरानो खेती प्रणालीलाई अधुनिकरण गरि आफ्नो श्रोत साधान र श्रमको उचित प्रयोग गरि पुजि बढाउनु पर्नेमा जोड दिए ।

साउदले आफुले एकीकृत व्यावसायिक कृषि फम दर्ता गरि आफ्नै बारिमा अदुवा खेति गरिरहेका छन । आफ्नै बारिबाट मनग्ये आम्दानि लिन सकिने भन्दै उनले कुस्कोटको गाज्रामा ७ रोपनि भन्दा बढि जमिनमा अदुवा खेति गरेका हुन् । मेल्लेख कृषि बिकास शाखाबाट १ लाखको स्व अनुदान र बाकि आफ्नै लगानीमा १० कुण्डल अदुवा लगाएका थिए।

१० कुइन्टल अदुवाबाट अनुमानित ५० कुइन्टलको हाराहारीमा अदुवा बीउ उत्पादन हुनसक्ने उनको भनाइ छ। साउदले पहिलो बर्ष मेल्लेख गाउपालिका कृर्षकहरुला बि को रुपमा बितरण गरि अदुवा पकेट क्षेत्रको रुपमा विस्तारको विकास गरिसके पछि मात्रै बजारिकरण गरिने बताए ।

लामो समय सम्म राजनितीमा हुमियका साउदले आफ्नो राजनीतिक संगै कृषि क्षेत्रमा पनि उदाहरणीय काम गरिरहेका छन् । उनले गरेको काम बाट रोजगारिको शिलशिलामा बाहिर जाने युवा हरुका लागि पनि सीकाई भएको छ ।

कृषि क्षेत्रमामा पनि लगानी लगाए आधुनिक र नयाँ ढंगबाट खेती पप्रणालीको सुरुवात गरे युवाहरुले पनि बिदेशिनु नपर्ने उनको भनाइ छ । अदुवा खेती विस्तार कार्यक्रमको आज मेल्लेख कृषि बिकास शाखाबाट अनुगमन समेत गरेको छ ।

कृषि बिकास शाखाका नायब प्राबिधिक सहायक सुमन चौधरि, समाजसेवी युवा तथा नेकपा माओवादि केन्द्रका जिल्ला कमिटी सदस्य गंभिर साउद, पत्रकार सहितको टोलिले अनुगम गरिएको जनाईएको छ ।