मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड १९ बाट प्रभावित बिपन्न नागरिकलाई मंगलसेन नगरपालिकाले १० हजार अनुदान दिने

कोभिड १९ बाट प्रभावित बिपन्न नागरिकलाई मंगलसेन नगरपालिकाले १० हजार अनुदान दिने


अछाम । कोरोना भाईरस कोभिड १९ को प्रभावबाट रोजगारी र आय आर्जनको अवसर गुमाएकाहरुलाई मंगलसेन नगरपालिकाले राहत दिने भएको छ ।

नगरले अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका अति बिपन्न गरिब परिवारलाई राहत स्वरुप एक पटकको लागि १० हजार अनुदान दिने भएको हो ।

नगरले उक्त अनुदानका लागि नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, वडा कार्यालयबाट बिपन्न भनी गरिएको सिफारिष र कोभिड १९ भएको रिर्पोट पेश गर्न आव्हान गरेको छ ।

नगरले रोजगारी पुर्ण रुपमा गुमाएर अर्को अवसर समेत प्राप्त गर्न नसकी बेरोजगार भएको असंगठित क्षेत्रको मजदुर वा कामदार, खुल्ला क्षेत्रमा फुटपात, सड्क, चौरमा सामान बेच्ने अति बिपन्न नागरिकलाई अनुदान दिने निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले बताए ।

उनका अनुसार दैनिक ज्याला मजदुरी गर्ने भरिया, खेताला, श्रमिक, रिक्सा चालक, ठेलागाडा, सार्वजनिक यातायातको मजदुर र कोभिड १९ को संक्रमणले आय आर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक संकट झेल्नु परेका परिवारलाई पनि अनुदान दिईने छ ।