मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछामको सभापतीका लागि ४ जनाको दाबी

कांग्रेस अछामको सभापतीका लागि ४ जनाको दाबी


अछाम । नेपाली कांग्रेस अछामको जिल्ला अधिबेशन यहि पौष २७ गते मंगलसेनमा हुदैँछ । जिल्ला अधिबेशनको तयारी तिव्र रुपमा भईरहेको पार्टी सचिव नम बहादुर शाहीले बताए ।

गत मंसिर १० गते हुनुपने जिल्ला अधिबेशन क्षेत्र नं. १ मा मतगणनाका क्रममा बिबाद उत्पन्न भएपछि स्थिगित भएको थियो । स्थगित भएका देशभरका जिल्लाका अधिबेशन यहि पौष २७ गते गर्ने कांग्रेस केन्द्रको निर्णय अनुसार जिल्ला अधिबेशनको तयारी भइरहेको सचिव शाहीले बताए ।

जिल्ला बाहिर रहेका नेताहरु जिल्ला भित्रिने क्रम जारी रहेको छ भने क्षेत्रिय प्रतिनिधी समेत जिल्ला आईरहेका छन् । जिल्ला कार्य समिती सभापती देखि उपसभापती, सचिव, सहसचिव र सदस्य पदका उम्मेद्धारहरु खुल्न थालेका छन् ।

अधिबेशनको मिति निजिकिदै जाँदा आकांक्षी उम्मेद्धाहरु खुल्न थालेका हुन् । ७ औँ जिल्ला अधिबेशनमा सभापती पदका लागि मुख्य ४ जना आकांक्षी रहेका देखिएको छ ।

वर्तमान सभापति भरत कुमार स्वाँर, पूर्व सभापती पूष्प बहादुर शाह, युवा नेता महासमिति सदस्य गणेश बिष्ट र राजन कुवँर सभापतीका मुख्य दाबेदार रहेका छन् । उनीहरुले क्षेत्रिय अधिबेशनकै क्रममा आफु सभापती पदको उम्मेद्धार रहेको बताउदैँ आएका छन् ।

अधिबेशन मिति नजिकिए संगै जिल्लामा सरगर्मी बढ्न थालेको छ । सभापती संगै अन्य पदका आकांक्षी समेत खुल्न थालेका छन् । उपसभापती पदका लागि क्षेत्र नं. २ बाट वर्तमान उपसभापती नयाँराम बजगाँई, युवा नेता चन्द्र प्रसाद ढुंगाना र पूर्व सचिव बिर बहादुर शाही तथा क्षेत्र नं. १ बाट पूर्व सचिव टेक बहादुर साउद र धनबहादुर शाहले दाबी गरिरहेका छन् ।

कार्य समितीको दोश्रो कार्यकारी सचिव पदका लागि वर्तमान सहसचिव एवंम प्रवक्ता बेद प्रकाश तिमिल्सैना, तरुण दलका जिल्ला अध्यक्ष प्रकाश साँउद, नेता अनिल बिष्ट, सुरत बुढथापा, टक्कर शाह, नरेन्द्र कुवँर, बम बहादुर स्वाँर र पुष्प बिष्टले दाबी गरिरहेका छन् ।

यस्तै कार्य समिती सहसचिवका लागि नेविसंघ पूर्व सचिव दिनेश कुमार स्वाँर, नेता मोहन कुँवर, खगेन्द्र खड्का, ललित साउदले दाबी गरिरहेका छन्। यस्तै सदस्य पदका लागि समेत उम्मेद्धार खुल्न थालेका हुन् ।