मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चारवटा प्रदेशमा बिहानैबाट वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

चारवटा प्रदेशमा बिहानैबाट वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना


काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्णताया बदली रहेको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थान र लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले आजराति देशभर आंशिकदेखि सामान्य बदली रहने र देशका पहाडी तथा तराइका थोरै भू–भागमा हल्का वर्षा हुने जनाएको छ  । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

वर्षा र हिमपातको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न तथा सुरक्षित र सतर्क रहन विभागले आग्रह गरेको छ ।