मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओमिक्रोनपछिको भेरियन्ट धेरै खतरनाक हुनसक्छः महामारीविद

ओमिक्रोनपछिको भेरियन्ट धेरै खतरनाक हुनसक्छः महामारीविद


बीबीसी । महामारीविदहरुले ओमिक्रोनपछि आउने भेरियन्ट योभन्दा निकै खतरनाक हुनसक्ने बताएका छन् ।  ओमिक्रोन तिव्र गतिमा सरे पनि यो पुराना भेरियन्टको तुलनामा त्यति धेरै प्राणघातक मानिएको छैन । तर, आगामी भेरियन्ट विगतको खतरनाक प्राणघातक डेल्टा भेरियन्टभन्दा धेरै घातक हुनसक्ने बताएका छन् । 

संभावित खतरालाई मध्यनजर राख्दै विशेषज्ञहरुले नयाँ जनस्वास्थ नीति अवलम्वन गनै सुरु गरिसकेका छन् । प्रारम्भिक परीक्षणको रुपमा इजरायलमा चौथो आरएनए खोप दिइन थालिएको छ । 

अमेरिकाको फ्लोरिडास्थित विश्वव्यापी स्वास्थ सरुवा रोग केन्द्रका महामारीविद एडविन माइकलले आफ्नो विचारमा यो स्वास्थ नीति अघि बढ्ने दि डेली बेस्टलाई बताएका छन् । 

पहिलो पटक गत नाभेम्वरमा दक्षिण अफ्रिकामा देखापरेको ओमिक्रोनले विश्वका सम्पूर्ण स्वास्थ निकायमा तरङ्ग फैलाएको छ ।