अछाम : जिल्लाको बान्नीगढी जयगढ गाउँपालीकाले पालिकामा जेष्ठ नागरिकलाई समान्न साथ न्यानो कपडा बितरण कार्यको सुरुवात गरेको छ।
बुधबार गाउँपालीकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा वडा नं १ गाज्रा र वडा नं २ जनालीकोटमा जेष्ठ नागरिकलाई सम्मान साथ न्यानो कपडा वितरण गरिएको शाखा प्रमुख दुर्गा ढुंगानाले बताईन।
वडा कार्यलयहरुले गरेको सिफारिसका आधारमा ११/११ जना जेष्ठ तथा अशक्त नागरिकलाई न्यानो कपडा बितरण गरिएको हो।
चिसो मौसमले अरु भन्दा जेष्ठ नागरिकलाई बढी असर गर्ने हुदाँ गाउँपालीका भित्रका आर्थिक अवस्था कमजोर भएका जेष्ठ तथा अशक्त नागरिकहरुलाई न्यानो कपडा बितरण गरिएको बान्नीगढी जयगढ गाउँपालीका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशिले बताए ।
गाउँपालीकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको बार्षिक कार्यक्रम अनुसार जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरिएको अधिकृत जोशीले बताए ।
वडा नं १ गाज्रामा वडा अध्यक्ष हिरिण्ड बहादुर खड्काको अध्यक्षता र वडा नं २ जनालीकोटमा वडा अध्यक्ष तथा गाउँपालीका कार्यवाहक अध्यक्ष नेत्र साउदको अध्यक्षतामा न्यानो कपडा बितरण
गरिएको थियोे ।
बाँकी रहेका अन्य वडामा क्रमस बितरण गरिदै जाने महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दुर्गा ढुंगानाले जानकारी दिईन।
प्रतिक्रिया