नेकपा एमाले अछाम जिल्ला सदस्यमा युवा पत्रकार नरेश कुमार शाहीले उम्मेद्धारी दिएका छन् । नेपाल प्रेस चौतारीका केन्द्रिय सदस्य रमेत रहेका नेता शाहीले ८ आँै जिल्ला अधिबेशनमा खुल्ला तर्फ जिल्ला सदस्यमा उम्मेद्धारी दिएका हुन् ।
पछिल्लो समयमा पार्टीमा गुटगत राजनिति हाबी भएको भन्दै नेता शाहीले त्यसको अन्त्यका लागि आफ्नो उम्मेद्धारी रहेको बताए ।
सुदूरआजलाई प्रतिक्रिया दिदै शाहीले पार्टीमा युवाको उपस्थिती बलियो बनाउदैँ समाज रुपान्तरणमा क्रियाशिल हुन सक्रिय हुने भन्दै जिल्ला सदस्यमा उम्मेद्धारी रहेको बताए ।
पत्रकारीता गर्दा समाजमा जे जे कम्जोरी देखिए त्यसको अन्त्यका साथै कुरिती, कुसंस्कार र कुप्रथाको बिरुद्ध वकालत गर्न आफु क्रियाशिल हुने शाहीले प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया