मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामान्य रुघाखोकीले पनि कोभिडबाट जोगाउँछ !

सामान्य रुघाखोकीले पनि कोभिडबाट जोगाउँछ !


लन्डन । स्वास्थ्य सम्बन्धि गरिएको पछिल्लो अध्ययन अनुसार सामान्य रुघाखोकीविरुद्ध लड्ने प्राकृतिक प्रतिरक्षाले कोभिड १९ बाट पनि केही हदसम्म रक्षा गर्छ । हालसालै कोभिड १९ को चपेटामा परेका ५२ व्यक्ति माथि यसबारे गरिएको अध्ययनको प्रतिवेदन ‘नेचर कम्युनिकेसन’ मा प्रकासित गरिएको छ । 

रुघाखोकी लागेपछि पुनः रुघा लाग्न रोक्नका लागि विशिष्ट प्रतिरक्षा कोषहरुका ‘मेमोरी बैंक’ विकास गरेका व्यक्तिहरुलाई कोभिड संक्रमण हुने सम्भावना न्यून हुने बताइएको छ । तर, विशेषज्ञहरु कोही पनि यही प्रतिरक्षाको सहारामा मात्र बस्न नहुने खोप लगाउनै पर्ने बताउँछन् ।

अनुसन्धानकर्ताहरुले यो अध्ययनबाट प्राप्त उपलब्धि मानिसको शरीरमा प्रतिरक्षा प्रणालीले कसरी लड्छ भन्ने थप ज्ञान हासिल गर्न उपयुक्त हुने बताएका छन् । 

केही रुघाखोकी पनि कोभिड १९ जस्तै कोरोनाभाइरसबाटै लाग्ने भएकाले पनि वैज्ञानिकहरुले एक अर्काका भाइरसले प्रतिरक्षा क्षमता विकासमा सहयोग गर्ने अपेक्षामा छन् । तर, विशेषज्ञहरुले सम्पूर्ण रुघाखोकी कोरोना भाइरसबाट नलाग्ने भएकाले हालसालै रुघा लागेका व्यक्ति स्वतः कोभिड १९ बाट जोगिन्छन् भनेर सोच्नु भने ठूलो गल्ती हुने बताएका छन् । 

इम्पेरियल कलेज लन्डनको टोलीले भाइरसले छुना साथै कसैलाई कोभिड संक्रमण हुने तर केहीलाई नहुनुको रहस्य जान्न चाहेको छ । 

सन् २०२० को सेप्टेम्वरमा अनुसन्धानकर्ताहरुले खोप नलगाएका तर भर्खरै कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिहरुसँग बस्दै आएका ५२ जना मानिसमाथि अध्ययन गरेका थिए ।
 
तिनीहरुले अध्ययन मानव शरीरको प्रतिरक्षा प्रणालीको महत्वपूर्ण भाग  टि–सेल (कोषहरु) माथि केन्द्रित गरेका थिए ।

रुघा निको भइसकेपछि पनि केही टि–सेल शरीरमा मेमोरी बैंकको रुपमा बाँकी रहन्छन् र तिनीहरु अन्य भाइरससँग लड्ने गर्दछन् । अध्ययनमा रगतमा टि–सेलको मात्रा बढी भएका व्यक्तिहरुलाई कोभिड नलागेको पाइएको छ ।  बीबीसी