तपेन्द्र कुँवर, अछाम : नेकपा एमाले अछामको आठौ अधिवेशनमा मतदान प्रक्रियामा निकै ढिलाई भएको छ।
बिहान ९ बजे बाट सुरु भएको मतदान प्रक्रिया ३ घन्टामा ७० मत मात्रै खसेको मतदान अधिकृत कृष्ण प्रसाद ढुंगानाले जानकारी दिए ।
आफू बिहान ९ बजे देखि लाईन लागे पनि मतदान गर्नु सकस भएको एक मतदता सीता कुँवरले बताइन्। आयोजक कमिटीको व्यवस्थाको कमजोरीका कारण मतदान प्रक्रियामा ढिलाई भईरहेको छ ।
यहि प्रक्रियामा निर्वाचन प्रक्रिया अघि बढेमा तीन दिन लाग्ने जनाईको छ। मतदान प्रक्रियालाई चाडो अघि बढाउनको लागि नेकपा एमालेका केन्द्रिय सदस्य अछाम जिल्ला ईन्चार्ज झपट बोहरा,अध्यक्षका उम्मेदवार प्रकाश शाह, चन्द्र बोहरा अहिले मतदान स्थल पुगेका छन्।
प्रतिक्रिया