अछाम : जिल्लामा १५ बर्षिय बालकले ब्याट्रीबाट चल्ने गाडी बनाएका छन । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटीका धर्म नेपालीले सडकमा गुड्न सक्ने सानो गाडी निर्माण गरेका हुन ।
करिब एक हप्ता समय लगाएर उनले ब्याट्रीको क्षमता अनुसार राम्रो सडकमा दुई किलोमिटर सम्म गुड्न सक्ने क्षमता भएको गाडी निर्माण गरेका छन ।
ठ्याक्कै गाडीकै डिजाइनमा फिनिसिङ गरेका छन । `उनी भन्छन् थप समाग्री भए मान्छे तथा सामान बाेक्ने ठुलाे गाडी पनि बनाईदिन्छुँ´ अछामको दुर्गम त्यसैमा प्रविधिकाे खासै विकास नभएको लयाँटीकाे एक दराज भित्रबाट अगाडि पछाडि गुड्न सक्ने गाडी बनाउनु कल्पनाको बिषयलाई उनले सत्य सावित गरिदिएका छन ।
उनका अंकल इन्द्र नेपालीका अनुसार घरमा जतिखेर पनि व्यस्त भैरहने उनले अलि अगाडि एक सानाे डाेजर पनि बनाएका थिए। अरु भन्दा फरक क्षमता सहित विभिन्न कार्यमा सरिक भइरहने १५ बर्षिया धर्म नेपाली घरायसी कार्यमा प्रयाेग हुने डाेका,डाला जस्ता सामाग्री बनाइरहन्छन ।
तर पछिल्लो एक हप्ता जति लगाएर बनाएको इलेक्ट्रोनिक सानाे गाडी अछामकै सन्दर्भमा पहिलो हुने दाबी गर्न सकिन्छ । श्री नवज्योति माद्यामिक बिद्यालय लयाँटीमा कक्षा ८ मा अध्ययनरत १५ बर्षिय बालकको क्षमता अभिवृद्धि तथा उनको कलालाई पुरुस्कृत गर्नु पर्ने देखिन्छ ।























प्रतिक्रिया