मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीबाट सारिएको एयरक्राफ्ट म्युजियम नेपालगन्जमा सञ्चालन

धनगढीबाट सारिएको एयरक्राफ्ट म्युजियम नेपालगन्जमा सञ्चालन


धनगढीः धनगढीबाट नेपालगन्जमा सारिएको  वायुयान संग्रहालय (एयरक्राफ्ट म्युजियम) शनिवारबाट सञ्चालनमा आएको छ। एक दशकदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा बैकल्पिक गन्तव्यका रुपमा आकर्षण बनिरहेको सो वायुयान संग्रहालय आज शनिवारबाट नेपालगन्जमा सञ्चालनमा आएको  म्युजियमका परिकल्पनाकार एवम् सञ्चालक क्याप्टेन बेद उप्रेतीले बताए।

धनगढीमा जग्गा अभावकै कारण बाहिर गएको सो संग्रहालय नेपालगन्जबाट सेवा दिन लागेको हो। अहिले सो वायुयान संग्रहालयलाई नेपालगन्ज उपमहानगरपालिका १२ को बेलासपुरमा राखिएको छ। उक्त वायुयान संग्रहालय विशेषत विद्यार्थीहरुका लागि अध्ययन स्थल बन्ने क्याप्टेन उप्रेतीको विश्वास छ।

डेढ करोड लागतमा यसअघि धनगढीमा स्थापित कस्मिक एयरको पुरानो जहाजमा तयार गरिएको म्युजिएम नेपालगन्ज ल्याएर तयारी अवस्थामा पुगाउन झण्डै ३० लाख थप लगानी भएको छ। ग्राउन्डेड अवस्थामा रहेको कस्मिक एयरको फोकर–१०० विमानलाई म्युजियम बनाइएको थियो। वायुयान संग्रहालयमा विमान अविष्कारक राइट दाजुभाइले तत्कालीन समयमा निर्माण गरेका विमान तथा आधुनिक समयमा निर्मित पाइलटरहित अत्याधुनिक विमानका ड्रोन मोडेलहरू राखिएका छन्।

म्युजियम भित्र २ सय ५० बढी जहाजका नमूनादेखि आकाशबाट खिचिएका कयौं तस्वीरहरु राखिएका छन्।