मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै


काठमाडौं- स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धन समन्वय समितिको बैठक बस्ने भएको छ। सरकार सञ्चालनलगायतलाई प्रभावकारी बनाउन गठित उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो।

दुई दिनअघि बसेको बैठकमा निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न गठबन्धनका दलहरू सहमत भएका  थिए। बैठकमा निर्वाचनबारे थप छलफल गरेर मिति घोषणाका लागि सरकारलाई सिफारिस हुन बताइएको छ।

यसका साथै अन्य समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन बैशाखभित्रै गर्नुपर्ने भन्दै मिति सिफारिस गरिसकेको छ।

निर्वाचन आयोगले वैशाखभित्रै स्थानीय तहको निर्वाचन हुनुपर्ने भन्दै मिति सिफारिस गरिसकेको अवस्थामा मिति दिन सरकारलाई दवाव परेको छ।