मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकैदिन १०,२५४ संक्रमित थपिए, थप १६ जनाको मृत्यु

एकैदिन १०,२५४ संक्रमित थपिए, थप १६ जनाको मृत्यु


काठमाडौं । नेपालमा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २० हजार १८७ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा १० हजार २५४ जनाको नतिजा पोजिटिभ आएको हो । १४ हजार ४६२ नमुनाको पीसीआर परीक्षण गर्दा आठ हजार २१२ र पाँच हजार ७२५ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई हजार ४२ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर १६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७०८ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या आठ लाख २० हजार २८३ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।