“साँफेबगरमा कम्युनिष्ट परित्याग गरि ३ जना कांग्रेस प्रबेश“
अछाम । नेपाली कांग्रेसका युवा नेता महासमिती सदस्य राजन कुवँरले नेपाली कांग्रेस प्रति जनताको आर्कषण बढ्दै गएको बताएका छन् । कम्युनिष्टहरुले स्पष्ट जनमत पाउदाँ पनि जनता र समाजको पक्षमा काम गर्न नसकेको भन्दै उनले जनताले कांग्रेस मन पराउन थालेको बताए ।
अछामको साँफेबगरमा पार्टी प्रबेश कार्यक्रममा प्रमुख अथिति रहेका कांग्रेस युवा नेता कुवँरले अब देशभरी नै कांग्रेसले जित्ने र बहुमत आउने दाबी गरे । कांग्रेस समाज परिर्वतन र रुपान्तरणका पक्षमा काम गर्ने भन्दै नेता कुवँरले सक्रिय भएर लाग्न नेत कार्यकर्तालाई आग्रह गरे ।
कांग्रेस प्रति जनताको बिश्वास कस्तो छ भन्ने कुरा त पछिल्लो समयमा अरु पार्टी परित्याग गरि कांग्रेस प्रबेश गर्नेहरुको लहरले देखाएको कुवँरले बताए । जनता अरु पार्टी देखि आजित भइसकेका कारण विकास निर्माण र परिर्वतनका लागि कांग्रेस मात्रै एक बिकल्प भएको उनले बताए ।
नेपाली कांग्र्रेस क्षेत्र नं. १ प्रदेश सभा क का सभापती महेश खड्काको सभापतित्वमा भएको पार्टी प्रबेश कार्यक्रममा कांग्रेस प्रबेश गर्नेहरु खाँदा र अबिर लगाएर प्रमुख अथिति कुवँरले कांग्रेसमा स्वागत गरेका थिए ।
नेकपा एमाले साँफेबगर नगरपालिका वडा नं. ११ का वडा सचिव पद परित्याग गरि प्रेम बहादुर खड्का कांग्रेस प्रबेश भएका छन् । यस्तै सोही वडाका गणेश वड र नैन सिंह दाश पनि कांग्रेस प्रबेश भएका छन् ।
कार्यक्रममा राजेन्द्र कुवँर, सुरत कुवँर, राम कुवँर, रेबन्त बोगटी, भिम कुवँर, लाल कुवँर लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रममा स्वागत उपसभापती बिमल कुवँर र संचालन चेतमान बिक्रम शाहले गरेका थिए ।
प्रतिक्रिया