मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजसेवी खड्काद्धारा जाल्पा माबीमा १ लाखको अक्षय कोष स्थापना

समाजसेवी खड्काद्धारा जाल्पा माबीमा १ लाखको अक्षय कोष स्थापना


अछाम । मंगलसेन नगरपालिका वडा नं. ७ खोकैलेगैरा घर भई हाल कैलाली जिल्लाको लम्की चुहा नगरपालिकामा बस्दै आएका समाजसेवी कम्मान थ्यायत खड्काले जाल्पा माबी मुग्रा चौरमा अक्षय कोष स्थापना गरेका छन् ।

आफु जन्मे हुर्केको र पढेको ठाँउमा रहेको स्कुलका लागि उनले एक लाख बराबरको अक्षय कोष स्थापना गरेका हुन् । खड्काले आफ्ना आमा बुवाको नामबाट स्थापना भएको अक्षय कोषको रकम बिद्यालयमा हरेक बर्ष जेहेन्दार, गरिबी, असाह्य बिद्यार्थीलाई प्रदान गरिने बताएका छन् ।

साथै उनले १ लाख बराबरको बिद्यालयका लागि जग्गा समेत खरिद दान दिएका छन् । आफु जन्मेको गाँउ ठाँउको बिकास र बिद्यालयको विकासका लागि आफु सधै सहयोग गर्न तयार रहेको र सोही अनुसार सहयोग गरेको उनले बताएका छन् ।

समाजसेवी खड्काले आज एक कार्यक्रमका बिच अक्षय कोष स्थापना र जग्गा दानका लागि एक लाख रुपयाँ हस्तान्त्ररण गरेका थिए ।

अक्षय कोष स्थापना र जग्गा दानले बिद्यालय र बिद्यार्थी भाईबहिनीहरु लाई राहत हुने भन्दै बिद्यालयका प्रधानाध्यापक बल बहादुर थ्यायत धन्यवाद दिएका छन् । साथै उनले बिद्यालयको सर्वांगिण विकासको लागि यस्तै मनकारी व्यक्तीको खाँचो रहेको बताए ।

हस्तान्त्ररण कार्यक्रममा संबिद्यान सभा सदस्य भैरे कामी, वडा नं. ७ का वडाध्यक्ष सिद्धराज ढुंगाना, बिद्यालय व्यावस्थापन समितीका अध्यक्ष लाल बहादुर बिष्ट लगायतको सहभागीता रहेको थियो ।