मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वर्गीय पत्रकार बिश्वकर्माको आश्रित परिवार र छोराछोरीलाई सहयोग गर्न महासंघ अछामको अपिल

स्वर्गीय पत्रकार बिश्वकर्माको आश्रित परिवार र छोराछोरीलाई सहयोग गर्न महासंघ अछामको अपिल


अछाम । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले स्वर्गीय पत्रकार एलबी बिश्वकर्माको आश्रित परिवार र छोराछोरीको लागि आर्थिक सहयोग गर्न सार्वजनिक अपिल गरेको छ ।

महासंघ अछामले मंगलबार एक अपिल जारी गर्दै स्वर्गीय पत्रकार बिश्वकर्माको आश्रित परिवार र छोराछोरीको शिक्षा दिक्षाको लागि आर्थिक सहायता परेकाले सहयोग गर्न सबैलाई आग्रह गरेको हो ।

अछाम जिल्लास्थित संचार माध्यम, संचारकर्मी, पत्रकार, स्थानीय सरकार, सरकारी तथा गैरसरकारी संघ सस्था/ निकाय, नेपाल पत्रकार महासंघ केन्द्र तथा प्रदेश समिति लगायत सबैमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोगका लागि महासंघ जिल्ला शाखा अछामले अनुरोध गरेको अध्यक्ष खम्म खत्रीले बताए ।

स्वर्गीय विश्वकर्माको मृत्युको कारणबारे सत्यतथ्य बुझेर प्रतिवेदन सार्वजनिक गर्न अस्पताल प्रशासन र महासंघ केन्द्रसँग आग्रह गर्ने निर्णय गरिसकेको महासंघ अछामका अध्यक्ष खम्म खत्रीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

महासंघ अछामले जिल्लाको रामारोशन गाँउपालिका घर भई काठमाडौंमा पत्रकारिता गरिरहेका एलबी बिश्वकर्माको उपचारका क्रममा भएको दु:खद् निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रदाञ्जली अर्पण र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेको छ ।