काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन गरिएको छ ।
कार्यसम्पादन समिति बढीमा ४६ सदस्यीय हुने भए पनि शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अहिलेलाई ३७ सदस्यीय समिति गठन गरिएको हो ।
वर्तमान कार्यसमितिका १३ पदाधिकारीबाहेक सभापति शेरबहादुर देउवाले २४ जनाको नाम प्रस्ताव गरेका हुन् । कार्यसम्पादन समितिमा पूर्वपदाधिकारीहरू सबैको नाम परेको छ ।
१४ पदाधिकारीसहित ४५ सदस्यीय नियुक्त गर्न पाउने भए पनि सभापति देउवाले कोषाध्यक्ष नियुक्त नगर्दा हाल १३ पदाधिकारी मात्र छन् । ३१ केन्द्रीय सदस्यलाई मनोनीत गर्न पाउने भए पनि देउवाले २४ जनाको मात्र नाम कार्यसम्पादन समितिमा मनोनीत गरेका हुन् । मनोनीत नामलाई केन्द्रीय समितिले अनुमोदन गरिसकेको छ ।
कोषध्यक्ष नियुक्त भएपछि थप ६ जनालाई सभापतिले मनोनीत गर्न सक्छन् । त्यससरी मनोनीत हुनेबाहेकको व्यक्ति प्रवक्ता भएमा कार्यसम्पादन समिति ४६ सदस्यीय हुनेछ ।
आगामी निर्वाचनपछि कांग्रेसका सभापतिबाहेक अर्को व्यक्तिलाई संसदीय दलको नेता चयन गरिए संसदीय दलको नेता पनि कार्यसम्पादन समितिमा रहन्छन् ।
प्रतिक्रिया