मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कस्तो हो ओमिक्रोनको ‘सब भेरियन्ट’ ?

कस्तो हो ओमिक्रोनको ‘सब भेरियन्ट’ ?


काठमाडौं । कोभिड १९ को पछिल्लो भेरियन्ट ओमिक्रोन बीए २ मंगलबारसम्म विश्वका ५७ देशमा फैलिएको पुष्टि भएको छ । ओमिक्रोनकै सहायक भेरियन्टको रूपमा रहेको बीए.२, बीए.१ (ओमिक्रोन) जतिकै संक्रामक भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ ।

तर, गम्भीरका हिसाबले यो भेरियन्ट ओमिक्रोनभन्दा घातक भने नरहेको डब्लूएचओले जनाएको छ ।

डब्लूएचओको कोभिड–१९ रेस्पोन्स टिमका डा. बोरिस पाभलिनले कोभिड १९ को पछिल्लो अवस्थाबारे बताउँदै भनेका छन्, “डेनमार्कको तथ्यांकलाई आधार मान्ने हो भने बीए.२ ले बीए.१ लाई उछिनेको छ । तर रोगको भिन्नतामा कुनै गम्भीरता देखिएको छैन । यद्यपि बीए.२ ले विश्वव्यापी रूपमा बीए.१ लाई प्रतिस्थापन गर्ने सम्भावना छ ।”

सो क्रममा उनले विभिन्न देशहरूमा बीए.२ बढिरहेको भए पनि अस्पतालमा भर्ना हुनेको संख्या ओमिक्रोनभन्दा बढी नरहेको पनि बताएका थिए । नेपालमा भने ओमिक्रोन बीए .२ समुदायस्तरमा फैलिइसकेको वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाइ छ ।

“यसअघि ओमिक्रोन भेरियन्ट पहिचानको क्रममा एस जिन पोजेटिभ आएका नमुनाहरू ओमिक्रोनको सब भेरियन्ट बीए.२ नै हुन सक्छन् । तर ती ठ्याक्कै पहिचान हुन सकेनन्,” डा. पुनले भने ।