मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिओपछि भारतकै अर्को दूरसञ्चार कम्पनी एयरटेलमा गुगलको १ खर्बभन्दा बढीको लगानी

जिओपछि भारतकै अर्को दूरसञ्चार कम्पनी एयरटेलमा गुगलको १ खर्बभन्दा बढीको लगानी


काठमाडौं । भारतीय दूरसञ्चार सेवा प्रदायक कम्पनी भारती एयरटेलमा गुगलले लगानी गर्ने भएको छ । अल्फाबेट इंक अन्तर्गतको गुगलले ‘इन्डियन डिजिटाइजेसन फण्ड’ को रुपमा भारती एयरटेलमा एक अर्ब डलर अर्थ १ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने भएको हो ।

जसमा ७० करोड डलर शेयरको रुपमा र बाँकी ३० करोड डलर विभिन्न व्यवसायीक सम्झौता अन्तर्गत हुने जनाइएको छ । हाल एयरटेलको प्रति शेयर मूल्य ७३४ भारु ( करिब ९.७७ डलर) रहेको छ ।

त्यसो हुँदा गुगलले कम्पनीको कुल १.२८ प्रतिशत शेयर प्राप्त गर्ने जनाइएको छ । त्यस्तै ३० करोड डलर भारतको डिजिटाइजेसनका लागि सहुलियतमा सेवा उपलब्ध गराउन खर्च हुने जनाइएको छ ।

यसअघि गुगलका सीईओ सुन्दर पिचाईले सन् २०२० मा १० अर्ब अमेरिकी डलरको ‘इन्डियन डिजिटाइजेसन फण्ड’ सिर्जना गरेका थिए । जसको उद्देश्य भारतको डिजिटल विकासमा मद्दत पुर्‍याउनु रहेको थियो ।

उक्त फण्ड सिर्जना भएको केही दिन पश्चात नै गुगलले भारतकै अर्को ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी जिओमा समेत लगानी गरेको थियो । जसमा गुगलले ४.५ अर्ब डलरमा ७.७३ प्रतिशत शेयर खरिद गरेको थियो ।