धनगढी: सुदूरपश्चिमको पहाडी जिल्लामा हिमपात सुरु भएको छ। मौसममा आएको परिवर्तनसँगै आज बिहीबार अपरान्हदेखि उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो।
डडेल्धुरा, बैतडी, बझाङका र डोटीका पहाडी क्षेत्रमा हिमपात भइरहेको स्थानीयले बताएका छन्। डडेल्धुराको साहुखर्क, हगुल्टे लेक, बैतडीको खोड्पे, बझाङको देउलेक क्षेत्रमा भारी हिमपात भइरहेको जानकारी प्राप्त भएको छ।
यो वर्ष लगातारको वर्षा र हिमपातले माघ सकिनै लाग्दा समेत चिसो कम हुन सकेको छैन। वर्षा र हिमपातले अत्यधिक चिसो बढ्दा बाहिर निस्कनसमेत समस्या भइरहेको बझाङका दिनेश धामीले बताए।
प्रतिक्रिया