जुम्ला – जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ सुरक्षाकर्मीले पन्छ्याएका छन् । बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छ्याएको हो ।
धावनमार्गमा जमेकाे हिउँ हटाएपछि आजै जहाज अवतरण भएको नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ । नागरिक उड्डयन प्राधिकरण कार्यालयका अधिकृत सोनाक्षी सिंहका अनुसार हिउँ पन्छाएपछि तारा र समिट एअरको एक/एक उडान भएको छ ।
भारी हिमपातले करिब एक फीट बढी हिउँ जम्मा हुँदा जिल्ला विपत् व्यवस्थापन समितिको अगुवाइमा बिहानैदेखि धावनमार्गको हिउँ पन्छ्याउन थालिएको थियो । हिउँ हटाएसँगै साँझ साढे चार बजे विमानस्थलमा जहाज अवतरण हुन सफल भएको हो ।
हिमपतका कारण टिकट काटिसकेका यात्रु नेपालगञ्ज र जुम्लामा अलपत्र परेकाले सबैको समन्वयमा विमानस्थल सफाइ गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताउनुभयो ।
प्रतिक्रिया