मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजार फोहर गर्ने हजार हात, सफा गर्ने कलाका दुई हात

बजार फोहर गर्ने हजार हात, सफा गर्ने कलाका दुई हात


अछाम : ‘ए धौरी यता सफा गर, ए त्या सफा भएन, अलि राम्रोसंग सफा गर ।’ प्रत्येक दिन धौरीलाई भनिने शब्द हुन् यी । धौरीको असल नाम कला आउजी हो । तर उनलाई धेरैले बजार सफा गर्ने धौरी भनेर चिन्छन् ।

साँफेबगर नगरपालिका वडा नम्बर ३ र ४ मा बजार क्षेत्र छ । वडा नम्बर ३ हाटबजार र वडा नम्बर ४ एयरपोर्ट बजार रहेको छ । हाटबजारको सरसफाईको जिम्मेवारी कलाको छ । के साँच्चै साँफेबगर सफा राख्ने जिम्मेवारी कला उर्फ धौरीको मात्र हो त ?

यो प्रश्न साँफेबगर बासीलाई । दैनिक बिहान सफा राख्ने कलालाई प्रत्येक पसलबाट व्यापारीले चाहे अनुसारको पैसा दिन्छन् । कतिपयले पैसाको साटो गाली पनि दिन्छन् । तर यसको प्रवाह छैन उनलाई । कहिले काहि उनीलाई असह्रयै भएपछि मात्र गालीको जवाफ फर्काछिन् ।

आफ्नै पसलको अगाडी स्वयम व्यापारीले गरेको फोहर धौरीले सफा गर्नुपर्ने र सफा गरे बापत पैसा मागेपछि गाली पाईन्छ । अपशब्द सम्म निकै प्रयोग हुन्छ कलालाई । परिवारको लालनपालनको जिम्मेवारी कलाको काँधमा छ । सरसफाईबाट संकलन भएको पैसाले घरपरिवार चलाउन मुश्किल छ कलालाई । उनको ५ जनाको परिवार छ ।

बजार सफा गरेको पैसा सबैले दिदैनन् । पैसा भन्दा त गाली नै बढी दिन्छन् । कलाले मासिक हाटबजार सफा गरेबापत व्यापारीबाट ५० देखि एक सय रुपैंयाँ माग्ने गरेकी छन् । उनलाई नत नगरपालिका नत वडा कार्यालयले पारिश्रमिकको व्यवस्था गर्न सकेको छ ।

व्यापारबाट करोडौ कमाउने अनि साँफेबगरको पहिचान बोकेको बजार फोहर गर्ने अधिकार कसैलाई पनि छैन । आर्दशका ठुलाठुला कुरा गर्ने, राजनिति गर्ने नेताहरुको समेत पसल छ साँफेबगरमा । बिच बजारमा राखिएका बालुवा, ईट्टा अन्य घर निमार्णका सामागी्रले झनै अव्यवस्थीत र बजारको स्वरुप नै बिगारेको छ ।

जाडो महिनामा बजारको बिच बिचा जम्मा भएर बालिने आगोले झनै् बजारको सौन्दर्यता ह्रास आएको छ । बजार फोहर देख्ने बित्तिकै नगरपालिका कता सुतेको छ भनेर प्रश्न गर्ने र बहस गर्ने धेरै छन् । हो नगरपालिकाले फोहर व्यवस्थापनमा भुमिका खेल्नु पर्छ तर जथाभावी फोहर गर्ने तपाई हामी कसैलाई पनि अधिकार छैन ।

फोहरमैला व्यवस्थापन ऐन २०६८ मा कसुर र सजायको व्यवस्था गरेको छ । यस ऐन बिपरित काम गर्ने र जथाभावी फोहर गर्नेलाई ५ हजार जरिवाना देखि ३ महिनासम्म जेल सजायको व्यवस्था छ । कानुन कार्यान्वयन नहुँदा समस्या हुने गरेको छ । सहर सफा गरेर कहिले पनि सफा हुदैन, सहर फोहर गर्न छोडेपछि सफा हुन्छ ।

यो कुरालाई सबै जिम्मेवार नागरिकले अबलम्बन गर्न जरुरी छ । फोहरले साँफेबगर बासीलाई गिज्याईरहन्छ । हेर्दा र बुझ्दा लाग्छ साँफेबगरलाई सफा राख्ने विषय सबैको चिन्ता र चासोको विषय हो । फोहर सफा गरिन भनि कलालाई लागी गर्न छोडौ । फोहर अब खोलानालामा नफालेर अब दिगो फोहर व्यवस्थापन तर्फ सबैले हातमालो गरेर लाग्न जरुरी देखिन्छ ।