“जीवनका २५ बर्ष भलिबल खेलमा सर्मपित गरेका शाहले १८ बर्ष राष्ट्रिय टिममा रहेर खेले भने १६ बर्ष टिमकै कप्तानी गरे”
अछाम । २०२५ सालमा अछाम जिल्लाको साँफेबगर नगरपालिका रिडिकोटमा जन्मेका भरत शाह अन्तराष्ट्रिय भलिबल कोर्टमा पुग्ने पहिलो अछामी खेलाडी हुन् । सन् १९९५ मा भारतको मदरासमा भएको ७ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा शाह पहिलो पटक सहभागी भए । उनले जीवनको २५ बर्ष नेपालका लागि भलिबल खेलमा सर्मपित गरे । २० बर्षको उमेरमा पहिलो राष्ट्रिय प्रतियोगितामा सहभागी भएका शाहले २०४५ साल देखि उनले २०७० सालसम्म खेल जीवनमा सक्रिय रहे । १८ बर्ष राष्ट्रिय टिममा रहेर खेलका शाहले १६ बर्ष नेपालकै टिमको कप्तानी गरे । खेल मात्र नभई नेपाल प्रहरीमा २०४९ मा असई हुदैँ डिएसपी सम्म भएर जनताको सेवक भएर पनि काम गरेका शाहले २०७९ बैशाखमा अवकास पाए ।
यसरी सुरु भएको थियो शाहको खेल जीवन ।
बुवा स्वर्गिय मिन बहादुर शाह र आमा पान्सरा देविको कोखबाट जन्मेका भरत बहादुर शाहले कक्षा १ देखि १० सम्मको शिक्षा अछामको पुरानो हाई स्कुल महेन्द्र माबी बाट पुरा गरे । २०४३ सालमा उनले एसएसली पास गरे । उनलाई सम्झना् भएसम्म त्यो बेला भलिबल बाहेक जिल्लामा अरु खेल हुन्थेन । भलिबल खेल भएपनि उनले एसएलसी दिदाँ सम्म खेल्न पाएनन् । उनि भन्छन् प्रतियोगितामा सहभागी भएर खेल्ने रहर भएपनि सिनियरहरुको खेल दर्शक भएर हेर्न गईन्थ्यो खेल्न पाईन्थेन्, तरमा आफ्नै घरमा आगनमा मोजा र कागजको बल बनाएर खेल्ने गरिन्थ्यो ।
एसएलसी पछि उच्च शिक्षा हासिल गर्न जिल्लामा कलेज नहुदाँ उनि आफ्ना दाजु संग बसेर पढ्न बर्दिया जाने निधो गरे । बर्दिया जान अहिलेको जस्तो सजिलो थिएन् उनि सम्झन्छन् सड्क थिएर गाडी चल्ने कुरै भएन, साँफेबगर देखि धनगढी प्लेल चल्थ्यो त्यसैबेला पहिलो पटक प्लेन चढेंको थिए । अछामबाट मात्रै होईन धनगढी देखि बर्दिया जाने पनि बाटो थिएन, कर्णाली पुल बनेको थिएन्, गौरीफण्टा बाट पलिया हुदैँ ईण्डियाको जंगल हुदैँ बर्दिया जानुपर्ने बाध्यता पनि उनले पार गरेका थिए ।
घरपरिवारले उनलाई पढ्नको लागि बर्दियाको बबई बहुमुखी क्याम्पसमा भर्ना गरिदियो । भलिबल खेल प्रति सानै देखि रुचि भएका शाहले पढाई संग संगै खेललाई पनि अघि बढाउने सोच बनाए । क्याम्पसमा बिहान कलेज र बेलुका भलिबल खेल भईरहन्थ्यो । अछामबाट पहिलो पटक जिल्ला बाहिर गएका शाहको कलेजमा त्यति राम्रो चिनजान थिएन । टाढा टाढाका बिद्यार्थीहरु बबई क्याम्पसमा पढ्न आएका हुन्थे शाह भन्छन् सुरु सुरुमा खेलको दर्शक नै भईयो ।
एक दिन उनको अछामको महेन्द्र माबीका शिक्षकका छोरा अछाम हुदाँका साथी संग चिनजान भयो । उनि पनि त्यहि कलेजमा पढ्ने बर्दियाका स्थानिय थिए । भलिबल खेल्न रहर भएपनि अपरिचत भएका कारण उनले खेल्न पाएका थिएनन् । तर ति साथीको परिचय पछि उनको भलिबल खेल्ने धोको पुरा हुने भयो । उनले दोश्रो दिनबाटै भलिबल खेल्न सुरु गरे ।
दिनप्रतिदिन खेल्दै जाँदा राम्रो खेलाडीको रुपमा उनि परिचित भए । १ महिनामै १ नम्बरमै छानिएर बर्दिया पारीका नजिकैका भारतिय शहरमा हुने खेलमा उनले सहभागिता जनाए । उनले त्यहि बर्ष स्थानिय स्तर र भारतका बिभिन्न शहरमा हुने भलिबल प्रतियोगितामा राम्रो प्रर्दशन गरे । राम्रो प्रर्दशन गरेका कारण भारतबाट पनि उनलाई खेल्ने अफर आएको थियो तर उनि गएनन् ।
त्यसपछि उनि २०४५ सालमा बर्दिया जिल्लाको टिममा छनोट भए । सुर्खेतमा भएको तत्कालिन अञ्चल स्तरिय खेलमा बर्दियाले प्रथम बनाउन उनले महत्वपूर्ण भुमिका निर्वाह गरे । सुर्खेतमा देखाएको उत्कृष्ट प्रर्दशनले उनि प्रशिक्षकको नजरमा परे र १४ अञ्चल स्तरिय राष्ट्रिय खेलमा भेरी अञ्चल बाट उनि छनोट भए । २० बर्षको उमेरमै राष्ट्रिय प्रतियोगिता खेल्न सफल भएका शाह बिराटनगरमा भएको १५ औँ पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी भए ।
त्यसबाट पनि उनि राष्ट्रिय टिमका लागि १४ अञ्चलबाट बन्ने २० जनाको बन्द सुचीमा पर्न सफल भए । तर बिडम्बना उनि बन्द प्रशिक्षणबाट ६ दिनमै बाहिरिन बाध्य भए । सबैलाई प्रशिक्षण दिन सकिदैँन आर्थिक अवस्था कम्जोर छ भन्दै उनि सहित ६ जनालाई क्याम्पबाट प्रशिक्षकले हटाई दिए ।
काठमाण्डौँ पहिलो चोटी गएका शाह धेरै घुलमिल पनि नभएका सिधा मान्छे थिए । सिनियर खेलाडीको अनुहार पनि हेर्न पाईदैन थियो उनि सम्झन्छन् त्यतिबेला खेलकुदमा धेरै अनुशासन थियो, सिनियर लाई निउरियर नमस्कार गर्न पर्थ्यो । सबै कुरा जानकारी नहुदाँ आफु सहित बन्द प्रशिक्षणबाट हटाईएका ६ जना खेलाडी लिएर उनि खेलकुद परिषदमा गए । परिषदमा बुझ्दा छनोट प्रक्रिया एक महिना पछि हुन्छ त्यस्तो हटाउने कुरा केही भएको छैन भन्ने जानकारी पाएपछि उनि पुन प्रशिक्षणका लागि गए । १९९१ मा हुने ५ औँ दक्षिण एसियाली खेलकुदको तयारी हुदैँ थियो तर शाह चेपुवामा परेका कारण अन्तिम टिममा पर्न सकेनन् ।
अब उनि संग घर फर्किनुको बिकल्प रहेन् । भलिबलको स्वाद लिईसकेका शाहमा घर फर्केपनि खेल प्रतिको लगाबमा कमि भएन, उनले खेललाई निरन्तरता दिए । उनको सपना नै यस्तो भयो कि जसरी पनि राष्ट्रिय टिममा सहभागी भएर अन्तराष्टिय खेल खेल्ने । शाह झन मेहनत गर्दै गए । प्रत्येक २/२ बर्षमा दक्षिण एशियाली खेलकुद प्रतियोगिता हुन्थ्यो । १९९३ मा भएको राष्ट्रिय प्रतियोगितामा समेत उनि सहभागी भए ।
«“जन्मथलो अछाममा मोजा र प्लाष्टिकको बलबाट भलिबल यात्रा सुरु गरेका भरत शाहले जीवनका २५ बर्ष भलिबल खेलमा सर्मपित गरे । सन् १९९५ मा भारतको मदरासमा भएको ७ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पहिलो अन्तराष्ट्रिय डेब्यु गरेका उनले अबिच्छिन् १६ बर्ष राष्ट्रिय टिमको कप्तानी गरे ।”
उक्त प्रतियोगिताबाट बन्द प्रशिक्षणका लागि ३० जना छनोट गरियो तर शाह छनोट भएनन् । पहिले भन्दा झन् खेलमा निखारिएका शाह छनोट नहुदा उनको मन खिन्न हुदा पनि हरेष खाएनन् । चिनिया भलिबल प्रशिक्षकलाई नेपाल बोलाइयो, ति कोचले शाहलाई टिममा नदेखेपछी खोजी गरे र शाहलाई टिममा राख्नु पर्यो होईन भने प्रशिक्षण नै नगराउने भनेपछि पुन शाहलाई ३१ औँ नम्बरमा राखियो ।
शाहले त्यही बिचमा आईकम पास गरेर नेपाल प्रहरीको असईमा परिक्षा दिएका थिए । क्याम्पमा बसेकै बेला असईको नतिजा प्रकिाशत भयो र उनि सफल भए । त्यसपछि उनलाई दोधार भयो यता प्रहरीको असईमा जागरि गर्ने कि क्याम्पमा रहेर भलिबलको प्रशिक्षण लिने । एकातिर राष्ट्रिय खेलाडी बन्ने धोको अर्को तिर असईमा जागिर, यसपटक आफु जसरी पनि १२ जनामा पर्छु भन्ने उनलाई लागेको थियो किनभने उनि चिनियाँ प्रशिक्षकको नजरमा परेका थिए । त्यहि कारणले उनले असईको जागिर छोड्ने र भलिबल नै खेल्ने निर्णय लिए । तर खेलकुद रोज्ने निर्णय गरेका शाहले घर परिवारका कारण असई नै रोज्नुपर्ने परिस्थिती सृजना भयो । त्यो बेला सिपाईको त ठुलो महत्व थियो उनि भन्छन् आफु असईमा सफल भएका कारण परिवारको दवाबले असई पद रोजेँ ।
२०४९ सालमा नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक पदबाट सरकारी सेवामा प्रबेश गरेका शाहको भलिबलको खेल यात्रा भने रोकिएन् झन तिखारिदैँ गयो । प्रहरी सेवामा प्रबेश गरेर तालिममै रहेका बेला शाहले भलिबल खेल्ने अवसर पाए । महेन्द्र पुलिस क्लबमा तिखारिने अवसर पाए, क्लबका अनुभवी खेलाडी संग उनले खेल्ने अवसर पाए, उनलाई झन राम्रो भयो ।
पुलिस क्लबमा हुदाँ आफुलाई निखारेका शाहले सन् १९९५ मा भारतको मदरासमा भएको ७ औँ दक्षिण एशियाली खेलकुदमा पहिलो अन्तराष्ट्रिय डेब्यु गरे । उनको अन्तराष्ट्रिय भलिबल खेल्ने सपना पुरा भयो । त्यसपछि सन् १९९७ मा हुनुपर्ने खेल बिबिध कारणले रोकिएर १९९९ मा नेपालमा आयोजना भयो । ८ औँ दक्षिण एशियाली खेलकुदमा नेपालको नेतृत्व गर्दै टिम क्याप्टेन भएर सहभागी भए ।
त्यसपछि लगातार रुपमा शाहले २००४ मा पाकिस्तानमा भएको ९ औँ, २००६ मा श्रीलंकामा भएको १० औँ र २०१० मा बंगलादेशमा भएको ११ औँ दक्षिण एशियाली भलिबल प्रतियोगितामा पनि शाह नेपालको क्याप्टेन भएर खेले । सन् २००५ र २००७ मा बंगलादेशमा भएको दक्षिण एशियाली बीच भलिबल क्लब च्याम्पियनसिपमा सहभागी भइ गोल्ड मेडल हात पारे ।
त्यसपछि २००९ मा बंगलादेशमा भएको एशियन बीच भलिबल च्याम्पियनसिपमा सहभागी भइ खेलमा छटौँ स्थान प्राप्त गरे । नेपालमा हुने प्राय सबै खेलमा शाहको सहभागिता रह्यो र धेरै पटक च्याम्पियन बने । सन् २०१४ मा कोरियामा भएको १७ औ एशियन भलिबल खेलमा नेपाल प्रहरीको तर्फबाट प्रतिनिधित्व गरेका शाह सन् २०१८ मा ईन्डोनेशियामा भएको एशियन खेलमा नेपालको राष्ट्रिय टिमको ब्यबस्थापक भएर सहभागी भए । सन् १९९७ मा राष्ट्रिय रेफ्रि कोर्रष २००० मा एफआइभिपी लेवल १ कोचेज कोर्ष गरेका शाहले २०५० देखि २०६२ मा महेन्द्र पुलिस क्लबमा प्रशिक्षक र लामो समय राष्ट्रिय रेफ्रि भएर काम गरे ।
शाहले नेपालमा राष्ट्रिय र अन्तराष्ट्रिय खेलमा लामो समय भलिबल खेल्ने रेर्कड बनाएका छन् । भलिबलमा उनको अघि र पछि यति लामो समय कसैले खेलका छैनन् । अन्तराष्ट्रिय मञ्चमा बिरलै मात्र राष्टको नेृतत्व गर्ने अवसर समेत भलिबलमा शाहले मात्रै पाएका छन् । बंगलादेशमा भएको दक्षिण एशियाली प्रतियोगितामा शाहले देशकै नेतृत्व गरेका थिए ।
प्रतिक्रिया