अछाम : ‘बालबालिकाहरुसंग जनप्रतिनिधी’ अन्तरक्रिया कार्यक्रम जिल्लाको कमलबजारमा सम्पन्न भएको छ । नगर स्तरिय बाल अधिकार समिती कमलबजार नगरपालिकाको आयोजना तथा आस्था नेपाल र वर्ल्ड भिजा ईन्टरनेशल नेपालको सहयोगमा कार्यक्रम भएको हो ।
नगर स्तरिय बाल अधिकार समिती संयोजक तथा नगर उप प्रमुुख भुुमिसरण ढकाल बजगाइको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुुख ओम प्रकाश बिष्ट प्रमुुख अतिथी रहेका थिए । प्रमुुख नगर प्रमुुख बिष्टले आफुु नगर प्रमुुखमा निर्वाचित भएर आईसकेपछि यहाँका बालबालिकाको क्षेत्रमा थुुप्रै सन्तोषजनक काम गरेको बताए ।
बालबालिकाको भविष्य नबिग्रोस् भनेर नगरका सम्पुुर्ण विद्मालयमा नगर शिक्षक भर्ना गरिएको बताउदै आगामी दिनमा आवश्यक ठाँउमा शिक्षक भर्ना गरि शिक्षा क्षेत्रको गुुणस्तर सुुधार गर्दै जाने धारणा राखे । बालबालिका बढि जोखिममा पर्ने भन्दै उहाँले बिशेष गरि दैविक प्रकोप बाट उनिहरु लाई बचाउन नगरपालिकाले सक्दो प्रयास गरेको र आगामी दिनमा पनि बालबालिकाका लागी निरन्तर लागी पर्ने बताए ।
कार्यक्रमका अध्यक्ष बजगाईले बालबालिकाका क्षेत्रमा काम गरिरहँदा केहि वाधा, अड्चन आए पनि तिनलाई सहजै समाधान गर्दै अगाडी बढेको स्मरण गर्दै आर्थीक अभावका कारण शिक्षा बाट वन्चीत बालबालिकाका लागी नगरले सहयोग गरीरहेको र भविष्यमा पनि गरिरहने बताइन्।
आफ्नो हक हितका निम्ती बालबालिका स्वंयम सक्रिय हुुनुुपर्नेमा पनि बजगाईले जोड दिइन् । नगरमा रहेका बालबालिकाको सम्रग अवस्थाको बारेमा नगरपालिकाका निमित्त प्रमुुख प्रशासकिय अधिकृत खड्ग बहादुुर बिष्टले जानकारी गराए । यस्तै नगरका बालबालिकाको तथ्यांकको बारेमा महिला तथा बालबालिका शाखा प्रमुुख डम्मर ढुंगानाले जानकारी गराए ।
नगरका बिभिन्न वडाबाट सहभागि भएका बालबालिकाहरुले प्रत्यक्ष जनप्रतिनिधी तथा नगरका बिभिन्न शाखासंग सम्बन्धीत जिज्ञासा राखेका थिए । जिज्ञासाको जवाफ दिदै सम्बन्धीत ब्यक्तीहरुले आ–आफ्नो ठाँउबाट सक्दो पहल गरिरहेको र आगामी दिनमा पनि निरन्तर बालबालिकाको क्षेत्रमा लागीरहने प्रतिबद्धता समेत जनाएका छन् । बिशेष गरि बालविबाह न्युुनिकरणका लागी स्वंयम बालबालिकाले पनि प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष तेज बहादुुर बिष्ट, ३ का वडा अध्यक्ष जगत बहादुुर बिष्ट, ६ का वडा अध्यक्ष राम बहादुुर शाह, ७ का वडा अध्यक्ष गोविन्द बहादुुर भण्डारी, ९ का वडा अध्यक्ष दुुर्गा प्रसाद बजगाई, १० का वडा अध्यक्ष भिम बहादुुर बिष्ट, ईलाका प्रहरी कार्यालय कमलबजारका ईन्चार्ज प्रहरी निरिक्षक लक्ष्मीराज जोशी, शिक्षा शाखाका ऋषिकेश ढकाल, स्वास्थ्य शाखाका पार्वती बिसी चलाउने, खानेपानि तथा सरसफाई शाखा फोकल पर्सन पबित्रा भण्डारी, आस्था नेपालका बाल संरक्षण अधिकृत नर बहादुुर कडायत, बाल संरक्षण फोकल पर्सन लभजंग कुवँर, हेम बहादुुर चन्द लगायत सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रमको संचालन पत्रकार महासंघ अछामका सदस्य सुुबाश अधिकारीले गरेका थिए ।




















प्रतिक्रिया