मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनुभवी र परिपक्क नेता बजगाँईको जिल्ला उपसभापतीमा उम्मेद्धारी

अनुभवी र परिपक्क नेता बजगाँईको जिल्ला उपसभापतीमा उम्मेद्धारी


अछाम । नेपाली कांग्रेस अछामको उपसभापती पदका लागि पुराना नेता नयाँ राम बजगाँईले उम्मेद्धारी घोषणा गरेका छन् । अनुभबी तथा पाका नेताको रुपमा चिनिने नेता बजगाँईले उपसभापती पदमा रहेर कांग्रेस अछामलाई योग्दान दिन उम्मेद्धारी दिने उद्घोष गरे ।

आफुले पार्टीमा लामो समय देखि सक्रिय रहेर काम गरेको र त्यहि अनुभवका आधारमा पुराना र नयाँ साथीहरुको सल्लाह बमोजिम यसपटक उपसभापती पदमा उम्मेद्धारी दिने उनले बताए । कांग्रेस अछामलाई आफुले दिन सक्ने योग्दान कहिल्यै पनि कमी नभएको भन्दै नेता बजगाँईले सबैलाई सहयोग गर्न अपिल गरेका छन् ।

अनुभवी र पाका नेताका रुपमा चिनिले नयाँराम बजगाई आफैंमा अछामी राजनीतिको जिउदो इतिहास हुन् युवा नेता बेदप्रकाश तिमिल्सैनाले भने उमेरको गणनामा पाको, तर सक्रियता, साहस र हिम्मतका हिसाबमा सधैं युवा हन् ।

नेपाली कांग्रेसका लागि जहिल्यै प्रतिबद्ध , इमानदार र निष्ठावान रहेर अब्बल राजनीतिज्ञका रुपमा नेता बजगाँईलाई लिन सकिने तिमिल्सैनाको भनाई छ । समग्र अछामी राजनीतिमा सुझबुझ भएको परिपक्व र अनुभवी पुस्ताको पनि प्रतिनिधि बजगाँई भएकाले अछाम जिल्लामा कांग्रेसलाई सुदृढ बनाउन भन्दा ठूलो उहाँको अर्को महत्त्वाकांक्षा नभएको दाबी तिमिल्सैनाको छ ।

नेता तिमिल्सैनाले भने बजगाँईमा पदको लोभ पनि छैन, नियती र समयले जे दियो त्यसमा खुसी हुने उहाँको अर्को विशेषता तथा सालिन, सभ्य अनि साधारण जीवनशैली उहाँको अर्को परिचय हो । सनातन धर्मप्रति निकै आस्था र बिश्वास गर्ने उहाँको जीवन निकै सादगी छ ।

निरन्तर सक्रियताका बिचमा नेपाली कांग्रेस बलियो बनाउने बाहेको उहाँको अर्को सपना छैन नेता तिमिल्सैना भन्छन् करिव पचास बर्ष देखि सक्रिय राजनीतिमा रहनु भएका नेता बजगाई राजनीतिमा सक्रिय , सादगी र निष्ठावान नेताका रुपमा परिचित छन् ।

नेता बजगाई यतिबेला नेपाली कांग्रेस अछामको उपसभापतिको दौडमा रहेकाले विपि कोइराला द्वारा प्रतिपादित सिद्धान्तको अनुसरण गर्ने पार्टीमा उपसभापतिका दुर्इ पद मध्य एक पदमा उनको विकल्प नरहेको नेता तिमिल्सैनाको भनाई छ ।

पार्टी संगठन निर्माणका लागि अनुभवी पुस्ताको पनि अपरिहार्य आवश्यकता छ तिमिल्सैनाले भने नौलो अनि युवा पुस्तालाई सुझाव, सल्लाह र मार्गनिर्देशनका लागि नयाँ राम बजगाई जत्तिको पाको अनुभवी नेता जिल्ला कार्यसमितिमा अटाउनु पर्ने धारणा राखे ।

नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा स्वच्छ छवि भएका राजनीतिमा निरन्तर क्रियासिल सादगी नेता नयाँराम बजगाईलाई उपसभापतिमा बिजय गराउन तिमिल्सैनाले खुल्ला अपिल गरेका छन् ।