अछाम : पत्रकार शुसिल भण्डारीले मंगलसेन नगरपालिका वडा नम्बर ६ को एक बिद्यालयमा “सुशील शैक्षिक नामक अक्षयकाेष” स्थापना गरेका छन्। सोहि वडाको ठुलासैन निवासी सुशील भण्डारीले आफ्नो जन्मदिनको अवसरमा आफुले अध्ययन गरेको मालिका आधारभुत विधालय ठुलासैनमा शैक्षिक अक्षकोष स्थापना गरेका हुन् ।
नेपाल प्रेस युनियन अछामका सचिव एवं नेपाली काङ्ग्रेस सुदुरपश्चिम् प्रदेशका महाधिवेशन प्रतिनिधि समेत रहेका भण्डारीले आइतबार परेको जन्मदिनमा बिद्यालयमा २६ हजार ६ सय २६ रुपैंयाको अक्षयकोष स्थापना गरेका हुन । बिद्यालयमा पढ्ने गरीव तथा जेहेन्दार बिद्यार्थीको पठनपाठनमा सहजता होस भन्ने उद्देश्यले सुशील अक्षयकोष स्थापना गरेको अक्षयकोषकर्ता भण्डारीले बताए ।
आगामी दिनमा सो कोषलाई बढाउँदै लाने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् । जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई लक्षित गरि आफुले शैक्षिक अक्षयकोष स्थापना गरेको भण्डारीको भनाई छ ।
रकम सानो भएपनि यसको महत्व ठुलो रहेको र शैक्षिक जगतमा थोरै भएपनि सहयोग पुग्ने उनले उल्लेख गरे । उक्त रकमको वार्षिक ब्याज मार्फत प्राप्त रकमबाट विद्यार्थीलाई शैक्षिक सामाग्री पुरस्कार स्वरुप प्राप्त गर्ने मालिका आधारभुत विद्यालयका प्रधानध्यापक भक्तराज ढुंगानाले जानकारी दिए ।
विद्यालय ब्याबस्थापन समिति अध्यक्ष हेमराज भण्डारीको अध्यक्षतामा भएको कोष स्थापना कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारी प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि भण्डारीले आफ्नो शुभ कामको दिनमा सामाजिक कार्य गरेकोमा भण्डारीलाई धन्यवाद ब्यक्त गरे ।
आगामी दिनमा समेत सामाजिक अभियानमा निरन्तर अघि बढन आग्रह गरे । कोष स्थापना कार्यक्रममा वडा सदस्य देबेन्द्र प्रसाद भण्डारी, विद्यालयका संस्थापक टंकप्रसाद भण्डारी, विद्यालयका सदस्य सुवानाथ भण्डारी, शिक्षक अभिभावक संघ अध्यक्ष गोबिन्द सोब, पत्रकार कमल रावल, विक्रम परियार, शंकर थापा र बाल क्लबका अध्यक्ष अनिता नेपाली अतिथि रहेका थिए ।
विव्यस सदस्य भवानि भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सहायक प्रअ टेकराज भण्डारीले गरेका थिए । कार्यक्रमका अतिथि सबैले भण्डारीलाई जन्म दिनको अवसरमा शुभकामना आदानप्रदान गरेका थिए ।
प्रतिक्रिया