मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पधादिकारीमा सबै भन्दा कान्छा सचिव पदका बलिया उम्मेदार विस्ट    

पधादिकारीमा सबै भन्दा कान्छा सचिव पदका बलिया उम्मेदार विस्ट    


अछाम : नेपाली कांग्रेस अछामको सातौं जिल्ला अधिवेशन आज बाट सुरु भएको छ । जिल्लाको ९१ वडाका क्षेत्रिय प्रतिनिधिहरु सदरमुकाम मंगलसेन केन्द्रित भएका छन् । उम्मेदारी दिने क्रम सकिए संगै आज अन्तिम नामावली प्रकाशन भएको छ। निर्बाचनको यही सेरोफेरोका उम्मेद्धारको बिचमा चर्चित भएका छन् जिल्ला सचिव पदका उम्मेद्धार पुष्प विष्ट ।

नेपाली कांग्रेस अछामको ७ औं जिल्ला अधिवेशनमा सबैभन्दा कान्छा उम्मेदवार युवा नेता पुष्प बिष्टले सचिव पदमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । अछामको रामारोशन गाउँपालिकाबाट विद्यार्थी राजनितिबाट उदाएका बिष्ट पछिल्लो समयमा अछाम कांग्रेसको माझमा निकै लोकप्रिय र सक्रिय रुपमा परिचित छन ।

शुक्रबार नेपाली कांग्रेस अछामले नयाँ नेतृत्वका लागि भएको मनोनयन दर्तामा पदाधिकारी सबै भन्दा कम उमेर रहेका बिष्ट सबैभन्दा बलिया उम्मेद्धारको रुपमा हेरीएका छन् । विष्टसँगै अन्य ५ जना सचिब पदको चुनावी मैदानमा छन् ।

कांग्रेस रुपान्तरण पुनर्जागरण अभियान बलियो एजेन्डा बनाएका बिष्टले राजनीति कार्यमा मात्र नभएर थुप्रै सामाजिक तथा अन्य परोपकारी कार्यमा सक्रिय रहेछन् । युवा हरुलाई प्रेरणा दिन समंग्र कांग्रेस अछामका युवालाई उर्जा दिएको उनको भनाइ छ ।

प्रखर वक्ता र आफ्नो बिचार लाई बौद्धिक तरिकाले जनताको माझ राख्न सिपालु पनि बिष्टको उम्मेदवारीलाई विषेश ढंगबाट हेरीन थालेको क्षेत्रिय प्रतिनिधिहरु बताउँछन् । माओवादीको आधार इलाका मानिने रामारोशनबाट कांग्रेसको राजनितिमा लागेका बिष्ट कुशल संगठनकर्ताको रुपमा आफूले उभिन चाहेको बताउँछन् ।  

२०७७ भाद्र २ गते रामारोशनमा आएको बिनास बाढीले भएको क्षेति र त्यस क्षेत्रका जनता लाई राहत तथा उद्धारमा सक्रिय भएर काम गरेका बिष्टले कांग्रेस जनताको सारथि भएको बताए ।

आफ्नो क्षेत्र ाट एकल र साझा उम्मेदवारको रुपमा उनलाई अगाडी सरोको नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ का सचिव पुर्णबहादुर वि.कले बताए । मंगलसेनमा शुक्रबारबाट सुरु भएको जिल्ला अधिवेशनमा बलियो उम्मेदवारको रुपमा देखा परेको वि.कको भनाइ छ ।