दुई करोड मतपत्र जनक शिक्षा सामग्रीबाट छाप्ने तयारी
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली आज सार्वजनिक गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार सोही अनुसार मतपत्र छपाइ हुनेछ ।
आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ । गत शुक्रबारको बैठकले जनक शिक्षा सामग्रीलाई छाप्ने मेसिनलगायतका साधन चुस्त दुरुस्त राख्न निर्देशन पनि दिएको प्रवक्ता पौडेलले जानकारी दिए ।
“यसअघि अनौपचारिक छलफल भइरहेको थियो । शुक्रबार मतपत्र जनक शिक्षा सामग्रीबाट छाप्ने निर्णय भएको छ । आवश्यक मेशिन, स्रोत साधान दुरुस्त राख्न निर्देशन दिने भन्ने भएको छ,” उनले भने ।
उनकाअनुसार करिब २ करोड मतपत्र छाप्ने तयारी छ । यसअघि पनि जनक शिक्षाबाटै मतपत्र छाप्ने गरिएको थियो ।
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ ।
प्रतिक्रिया