मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

९ महिनामा नेपालीले पिए २ अर्ब ७० करोडको आयातित मदिरा

९ महिनामा नेपालीले पिए २ अर्ब ७० करोडको आयातित मदिरा


काठमाडौं- चालु आर्थिक वर्षको पहिलो ९ महिना (साउनदेखि चैतसम्म)मा ५१ लाख ७४ हजार २०१ लिटर मदिराको आयात भएको छ। यस अवधिमा २ अर्ब ७० करोड २९ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न ब्रान्डको तयारी मदिरा आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। 

९ महिनामा मात्रै नेपालीले १ लाख ९० हजार लाख ६३८ लिटर आयातित मदिरा पिएका छन्। भन्सार बिन्दुमा यसको मूल्य ३ करोड ५३ लाख ६८ हजार रुपैयाँ छ। बियर आयातबाट  मात्रै सरकारले ५ करोड ७८ लाख रुपैयाँ राजस्व आम्दानी गरेको छ। 

भारत, सिंगापुर, बेल्जियम, चीन, जर्मनी, साइबेरिया, आयरल्यान्ड र सिंगापुर नेपालमा बियर पठाउने मुख्य राष्ट्र हुन्। ९ महिनामा भारतबाट ५६ हजार २३२ लिटर हजार लिटर, सिंगापुरबाट १५ हजार ३२४ लिटर, साइबेरियाबाट १३ हजार ८ सय लिटर बियर आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। 

भन्सार बिन्दुमा कायम २ अर्ब ७० करोडको मदिरा आयात हुँदा सारकारले ४ अर्ब ४ करोड ३० लाख राजस्व (भन्सार दस्तुर, अन्तःशुल्कसमेत) रुपैयाँ असुली गरेको छ।

बियर आयात गर्दा प्रतिलिटर २०० रुपैयाँ भन्सार दर, अन्त:शुल्क १९८ रुपैयाँ र भ्याट १३ प्रतिशत लाग्ने गर्दछ। यसैगरी १२ प्रतिशतसम्म अल्कोहल भएका मदिरामा भन्सार दर ३०० रुपैयाँ प्रतिलिटर, अन्त:शुल्क ४४४ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ। १२ देखि १७ प्रतिशतसम्म अल्कोहल भएको प्रतिलिटर बाइनमा भन्सार दर ३०० रुपैयाँ अन्त:शुल्क ४४४ र भ्याट १३ प्रतिशत लाग्ने गर्छ। 

१७ प्रतिशतभन्दा बढी अल्कोहल भएको मदिरामा प्रतिलिटर भन्सार दर ३००, अन्त:शुल्क ५१६ र भ्याट (१३ प्रतिशत) लाग्छ। छ्याङ (कन्ट्री बियर)मा प्रतिलिटर भन्सार दर ४०, अन्तःशुल्क ४३ रुपैयाँ र भ्याट असुली गरिन्छ। 

२५ युपी शक्तिसहित ४२.८ प्रतिशत अल्कोहल भएको तयारी मदिरामा प्रतिलिटर भन्सार दर २ हजार रुपैयाँ, अन्तशुल्क १५८४ र भ्याट लाग्ने विभागले जनाएको छ। 

यसैगरी विभिन्न प्रकारका ब्रान्डेड ह्विस्कीमा प्रतिलिटर भन्सार दर २ हजार, अन्त:शुल्क १८७२ र भ्याट १३ प्रतिशत भन्सार बिन्दुमा असुली गरिन्छ। 

जीनलगायतका मदिरामा प्रतिलिटर भन्सार दर २ हजार, अन्तशुल्क १८८२ रुपैयाँ र भ्याट १३ प्रतिशत लाग्छ। भोड्का प्रतिलिटर भन्सार दर २ हजार, अन्तशुल्क १८७२ रुपैयाँ र भ्याट सरकारले असुली गर्छ। 

त्यस्तै ४० युपी शक्तिसहितको ३४.२३ प्रतिशत अल्कोहल भएको रक्सीमा प्रतिलिटर भन्सार दर २ हजार अन्तशुल्क ५५४ र भ्याट लाग्ने गर्दछ। 

२५ युपी शक्ति भएका ४२.८ प्रतिशत अल्कोहल भएका तयारी मदिरामा प्रतिलिटर भन्सार दर २ हजार, अन्तशुल्क १५८४ र भ्याट लाग्ने गरेको छ। 

७० प्रतिशत युपी शक्ति भएका १७.१२ प्रतिशत अल्कोहल भएको तयारी मदिरामा प्रतिलिटर भन्सार दर २ हजार, अन्तशुल्क १३३८ र भ्याट लाग्ने गर्छ। ५७.३८ प्रतिशत अल्कोहल भएका तयारी रक्सीमा प्रतिलिटर २ हजार भन्सारदर, अन्तशुल्क १८७२ र भ्याट १३ प्रतिशत लाग्छ ।

५० युपी शक्ति भएको ५३.५३ प्रतिशत अल्कोहलसहितका तयारी मदिरामा भन्सार दर २ हजार प्रतिलिटर, अन्तःशुल्क मुकक ४५० र भ्याट असुली गरिन्छ। 

सार्क मुलुकबाट आयातित वस्तु र अन्य मुलुकमा फरक फरक अन्तःशुल्क र भन्सार दर लाग्ने गर्दछ। माथि उल्लेखित भन्सार दरहरु सार्कभन्दा बाहिरका देशहरुबाट मदिरा आयात गर्दा तोकिएको दर हो। 

सार्क मुलुकबाट आयात हुँदा तयारी रक्सीमा अन्त:शुल्क, भ्याट र भन्सार दर गरी कुल २१.१९ प्रतिशत कायम गरिएको छ। यसैगरी तिब्बतबाट आउने मदिरामा २९.१० प्रतिशत र अन्य मुलुकबाट २९.९५ शुल्क कायम गरिएको छ।

मदिराजन्य वस्तुमा लाग्ने भन्सार दर तथा अन्तशुल्क प्रत्येक वर्षको बजेटमार्फत सरकारले परिवर्तन गर्दै आएको छ। आर्थिक ऐन संघीय संसदबाट पारित गराई यस्ता वस्तुमा लाग्ने करका दर परिवर्तन हुन सक्छन्। 

सरकारले बुधबार राजपत्रमा सूचना प्रकाशन गरी असार मसान्तसम्म तयारी मदिरा आयातमा प्रतिबन्ध लगाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० प्रकारका वस्तुको आयातमा बन्देज लगाउने निर्णय गरेको हो। 

यद्यपि बैशाख १३ गतेसम्म एलसी (प्रतीतपत्र) खोलिसकिएका वस्तु र कूटनीतिक नियोगका लागि आयात गरिने यस्ता वस्तुमा भने प्रतिबन्ध लागू नहुने सूचनामा उल्लेख छ।