अछाम : नेपाली कांग्रेस बाट मंगलसेन नगरपालिकाको मेयर पदका उम्मेद्धार रहेको वडा नम्बर ७ मा कांग्रेस पराजित भएको छ ।
एमालेबाट वडाध्यक्षका उम्मेद्धार राज बहादुर शाही संग कांग्रेसका उम्मेद्धार लाल बहादुर बिष्ट पराजित भएका छन् ।
एमालेका उम्मेद्धार शाहीले ३ सय ५६ मत प्राप्त गर्दै बिजयी भए । निकटतम प्रतिद्धन्द्धी लाल बहादुर बिष्टले ३ सय २८ मत मात्र प्राप्त गरे । उनिहरु बिच २८ मतको अन्तर रहेको छ ।
उक्त वडामा एमालेको पुरै प्यालन बिजयी भएको छ । २०४९ सालमा साविकको जनाली बण्डाली गाविस हालको वडा नं. ६ र ७ दुबै वडामा कांग्रेस पराजित भएको छ । वडा नं. ६ मा एमालेका देवेन्द्र प्रसाद भण्डारी बिजयी भएका थिए ।
टिकट बितरणमा मनोमानि भएको भन्दै वडा नं. ६ मा कांग्रेस क्षेत्र नं. २ का सहसचिव पुष्पराज भण्डारीले पार्टी परित्याग गरि एमाले प्रबेश भएका थिए ।
प्रतिक्रिया