मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बान्नीगढीका निर्वतमान नि. प्रमुख प्रशासकीय अधिकृत जोशीको बिदाई

बान्नीगढीका निर्वतमान नि. प्रमुख प्रशासकीय अधिकृत जोशीको बिदाई


अछाम । जिल्लाको बान्नीगढी जयगढ गाँउपालिकामा कार्यरत निर्वतमान निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीको एक कार्यक्रमका बिच बिदाई गरिएको छ ।

बान्नीगढीबाट सरुवा भएर चौरपाटी गााउपालिका जान लागेपछि जोशीको एक कार्यक्रमको आयोजना गरि बिदाई गरिएको लेखा अधिकृत नारद खनालले जानकारी दिए ।

जोशी बान्नीगढि जयगढ गाँउपालिकामा करिब साढे दुई वर्ष शिक्षा अधिकृत तथा १ बर्ष ४ महिना निमित्त प्रमुख प्रशासकिय अधिकृत भएर काम गरेका थिए ।

सरुवा भई गएका जोशीको निर्वतमान पालिका अध्यक्ष राजेन्द्र खड्का, नवनिर्वाचित अध्यक्ष टेक बहादुर साँउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत झनकराज रेग्मीले बिदाई गरेका थिए । सम्मान पत्र, दोसल्ला र अबिर लगाएर जोशीको बिदाई गरिएको थियो ।

बिदाई कार्यक्रममा बोल्दै जोशीले आफुले बान्नीगढीमा रहँदा पालिकाको प्रशासनीक क्षेत्र सुधारका साथै विकास, शिक्षा, स्वास्थ्य, सड्क लगायतका क्षेत्रमा सुधारका लागि प्रत्यत्नशिल रहेको बताए । आगामी दिनमा समेत यस क्षेत्रबाट सिकेका कुरा चौरपाटीमा लागु गर्ने उनले बताए ।