मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५२४ पालिकाको नतिजा : कांग्रेसले जित्यो २३६, एमाले दोस्रो, माओवादी पछ्याउँदै

५२४ पालिकाको नतिजा : कांग्रेसले जित्यो २३६, एमाले दोस्रो, माओवादी पछ्याउँदै


काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा आउने क्रम जारी छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको नजिता आउन ढिलाइ समेत भएको छ । कतिपय स्थानको मतगणना सुस्त भएको आरोप समेत लागिरहेको छ । 

निर्वाचन आयोगको तथ्यांकअनुसार बिहान ५ः३० सम्म कुल ७५३ स्थानीय तहमध्ये ५२४ पालिकाको नतिजा आइसकेको छ ।

जसमा नेपाली कांग्रेसले २३६ स्थानीय तहको प्रमुख–अध्यक्षमा जित हासिल गरेको छ । कांग्रेसले ७८ नगरपालिकाको प्रमुख र १५८ गाउँपालिका अध्यक्ष जितेको हो ।

त्यस्तै नेकपा (एमाले) १४७ तहमा विजयी भएको छ । जसमा ४६ नगरपालिका प्रमुख र १०१ गाउँपालिका अध्यक्ष एमालेले जितेको हो । 

माओवादी केन्द्र १०२ पालिकामा जित हासिल गर्दै एमालेलाई पछ्याइरहेको छ । उसले १ उपमहानगरपालिकासहित १६ नगर र ८६ गाउँपालिका जितेको हो । 

त्यसैगरी एकीकृत समाजवादी पार्टीले ४, जनता समाजवादी पार्टी (जसपा)ले ११ स्थानीय तहको पालिका प्रमुख–अध्यक्षमा जित निकालेको छ । 

स्वतन्त्रसहित अन्यले २४ स्थानमा जितेको आयोगले जनाएको छ ।

अब १९३ तहको नतिजा आउन बाँकी छ ।