मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलो दल बन्न कांग्रेसले एक्लै ६० जित्दा गठबन्धनको ४० प्रतिशत सहयोग (सूचीसहित)

पहिलो दल बन्न कांग्रेसले एक्लै ६० जित्दा गठबन्धनको ४० प्रतिशत सहयोग (सूचीसहित)


काठमाडौं । नेपाली कांग्रेसले हालसम्म जितेका स्थानीय तहको नेतृत्व (मेयर/अध्यक्ष) मा झण्डै ६० प्रतिशतमा एक्लै जित हासिल गरेको देखिएको छ । बाँकी ४० प्रतिशतमा तालमेलमा जितेको छ ।

कांग्रेसले हालसम्म जारी मतगणना अनुसार २८५ सिट जितेर अग्रता लिइरहेको छ । जसमध्ये १७१ सिट एक्लै जितेको छ । बाँकी ११४ सिटमा तालमेल गरेर जित निकालेको छ ।

प्रदेशहरूमा सबैभन्दा बढी १ नम्बर प्रदेशमा कांग्रेसले ६१ सिट जितेको छ । जसमा ३३ तहमा तालमेलबाट जित निकाल्दा २८ मा एक्लै जितेको छ । तालमेलबाट जितेकाहरूमध्ये एउटामा नेकपा एमालेसँग तालमेल गरेर जितेको छ भने, बाँकी सबैमा सत्तारूढ गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एससँग तालमेल गरेर जितेको छ ।

कांग्रेसले वागमती प्रदेशमा दोस्रो धेरै जित निकालेको छ । जहाँ ५३ तहको नेतृत्वमा जित्दा ३२ तहमा तालमेल र २१ तहमा एक्लै जित निकालेको छ ।

मधेस प्रदेशमा जित निकालेका सबै ३१ स्थानीय तहमा बिना तालमेल जित निकालेको छ । यस्तै गण्डकी प्रदेशमा ३५ तहमा जित निकालेको कांग्रेसले १७ तहमा तालमेल र १८ तहमा एक्लै लडेर प्रमुख/अध्यक्ष जितेको छ ।

यसैगरी लुम्बिनी प्रदेशका ३८ स्थानीय तहमा अहिलेसम्म कांग्रेसले जित निकालेको छ । जसमध्ये २७ तहमा एक्लै र ११ तहमा तालमेलबाट जित निकालेको छ । कर्णाली प्रदेशका २० तहमा एक्लै लडेर जित निकाल्दा १२ तहमा तालमेलबाट जित निकालेर समग्रमा ३२ तहमा हालसम्म कांग्रेसका प्रमुख/अध्यक्ष जितेका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशमा हालसम्म ३५ स्थानीय तहमा कांग्रेसका उम्मेदवारहरू मेयर र अध्यक्ष पद जित्न सफल भएका छन् । जसमध्ये २६ तहमा एक्लै र ९ तहमा तालमेलबाट जितेका छन् ।

प्रदेश र जिल्ला अनुसार जितेका तह एवं एकल र तालमेलको अवस्था

प्रदेश १: ६१ तहमा जित

३२ मा तालमेल, २९ तहमा एक्लै

ताप्लेजुङ

१) फुङलिङ नगरपालिका, अमिर मादेन (माओवादी केन्द्र र नेकपा एससँग तालमेल) ।
२) मिक्वाखोला गाउँपालिका, भक्तबहादुर कार्की(माओवादीसँग तालमेल) ।
३) मेरिङदेन गाउँपालिका, युक हांवीर हांगाम (नेकपा एससँग तालमेल) ।
४) सिरिजंगा गाउँपालिका, लालकृष्ण चौहान (माओवादी केन्द्रसँग तालमेल) ।

पाँचथर

१) कुम्मायक गाउँपालिका, वंमप्रसाद लावती (माओवादी केन्द्र र नेकपा एससँग तालमेल) ।
२) तुम्वेवा गाउँपालिका, बाबुराम खड्का (माओवादी केन्द्रसँग तालमेल) ।
३) फालेलुङ गाउँपालिका, वीरविक्रम थाम्सुहाङ (माओवादी केन्द्र र नेकपा एससँग तालमेल) ।
४) फाल्गुनन्द गाउँपालिका, वृजहाङ आङदेम्बे (माओवादी केन्द्रसँग तालमेल) ।
५) फिदिम नगरपालिका, मित्रप्रसाद काफ्ले (माओवादी केन्द्रसँग तालमेल) ।
६) हिलिहाङ गाउँपालिका, समरबहादुर अधिकारी (माओवादी केन्द्र र नेकपा एससँग तालमेल) ।

इलाम

१) इलाम नगरपालिका, केदार थापा (एक्लै) ।
२) चुलाचुली गाउँपालिका, राजेन्द्र केरुङ्ग (माओवादी केन्द्रसँग तालमेल) ।
३) रोङ गाउँपालिका, मनिकुमार स्याबो (एक्लै) ।
४) सन्दकपुर गाउँपालिका, तुलाराम गुरुङ (माओवादी केन्द्र, नेकपा एस र जसपासँग तालमेल) ।

झापा

१) कचनकवल गाउँपालिका, कालेन्द्रप्रसादसिंह राजवंशी (एमालेसँग तालमेल) ।
२) झापा गाउँपालिका, जयनारायण शाह (एक्लै) ।
३) बुद्धशान्ति गाउँपालिका, मनोज प्रसाई (माओवादी केन्द्रसँग तालमेल) ।
४) भद्रपुर नगरपालिका, गणेश पोखरेल (माओवादी केन्द्रसँग तालमेल) ।

मोरङ

१) कटहरी गाउँपालिका, देवराज चौधरी (एक्लै) ।
२) ग्रामथान गाउँपालिका, जयप्रकाश गच्छदार थारु (एक्लै) ।
३) जहदा गाउँपालिका, जितेन्द्रप्रसाद साह (एक्लै) ।
४) धनपालथान गाउँपालिका, जिवछप्रसाद गच्छदार (एक्लै) ।
५) बुढीगंगा गाउँपालिका, जितनारायण थापा मगर (एक्लै) ।
६) मिक्लाजुङ गाउँपालिका, बवीकुमार राई (माओवादी केन्द्रसँग तालमेल) ।
७) रतुवामाई नगरपालिका, नागेश्वरप्रसाद सिंह गंगाई (माओवादी केन्द्रसँग तालमेल) ।

सुनसरी

१) इनरुवा नगरपालिका, केदार भण्डारी (एक्लै) ।
२) दुहवी नगरपालिका, वेदनारायण गच्छदार (एक्लै) ।
३) भोक्राहा नरसिँह गाउँपालिका, अजमल अख्तर मिया (एक्लै) ।
४) कोशी गाउँपालिका, ऐयुव अन्सारी (एक्लै)

धनकुटा

१) छथर जोरपाटी गाउँपालिका, छत्रबहादुर सुव्वा (माओवादी केन्द्रसँग तालमेल) ।
२) पाख्रिबास नगरपालिका, ज्ञानबहादुर गुरुङ (माओवादी केन्द्रसँग तालमेल) ।
३) महालक्ष्मी नगरपालिका, ध्रुवराज राया (माओवादी केन्द्रसँग तालमेल) ।
४) साँगुरीगढी गाउँपालिका, जितेन्द्र राई (जसपासँग तालमेल) ।

संखुवासभा

१) खाँदबारी नगरपालिका, महेश थपलिया (माओवादी केन्द्र र नेकपा एससँग तालमेल) ।
२) चिचिला गाउँपालिका, पासाङ नुर्वु शेर्पा (एक्लै) ।
३) पाँचखपन गाउँपालिका, विपीन राई (माओवादी केन्द्र र नेकपा एससँग तालमेल) ।
४) मकालु गाउँपालिका, ओङदी छिरीङ शेर्पा (माओवादी केन्द्रसँग तालमेल) ।
५) सभापोखरी गाउँपालिका, भीमबहादुर लिम्बु (नेकपा एससँग तालमेल) ।
६) सिलिचोङ गाउँपालिका, भूपालराज राई (एक्लै) ।

भोजपुर

१) अरुण गाउँपालिका, शालिकराम खत्री (एक्लै) ।
२) टेम्केमैयुङ गाउँपालिका, सरोज बस्नेत (माओवादी केन्द्र र नेकपा एससँग तालमेल) ।
३) भोजपुर नगरपालिका, कैलाशकुमार आले (तालमेल) ।

तेह्रथुम

१) आठराई गाउँपालिका, दिलकुमार पाहीम (माओवादी केन्द्र र नेकपा एससँग तालमेल) ।
२) फेदाप गाउँपालिका, केशवप्रसाद भेटवाल (एक्लै) ।
३) लालीगुराँस नगरपालिका, अर्जुन मावोहाङ (एक्लै) ।

ओखलढुंगा

१) चम्पादेवी गाउँपालिका, नवराज केसी (खत्री) (एक्लै) ।
२) लिखु गाउँपालिका, अशोककुमार कार्की (एक्लै) ।
३) सिद्धिचरण नगरपालिका, तेजन खनाल (माओवादी केन्द्रसँग तालमेल) ।
४) सुनकोशी गाउँपालिका, कमल तामाङ (एक्लै) ।

खोटाङ

१) केपिलासगढी गाउँपालिका, समिर राई (एक्लै) ।
२) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, तीर्थराज भट्टराई (माओवादी केन्द्रसँग तालमेल) ।
३) बराहपोखरी गाउँपालिका, शालिकराम बन्जरा (माओवादी केन्द्र र नेकपा एससँग तालमेल) ।
४) रावा बेसी गाउँपालिका, फटिककुमार श्रेष्ठ (माओवादी केन्द्रसँग तालमेल) ।
५) साकेला गाउँपालिका, रविप्रकाश राई (एक्लै) ।
६) हलेसी तुवाचुङ नगरपालिका, विमला राई (एक्लै) ।

सोलुखुम्बु

१) नेचासल्यान गाउँपालिका, धन जन राई (एक्लै) ।
२) माहाकुलुङ, सूर्यबहादुर राई (एक्लै) ।
३) लिखु पिके गाउँपालिका, मिनादेवी कार्की (एक्लै) ।
४) सोताङ गाउँपालिका, खिलराज बस्नेत (एक्लै) ।
५) सोलुदूधकुण्ड नगरपालिका, नाम्गेल जाङबु शेर्पा (एक्लै) ।

उदयपुर

१) बेलका नगरपालिका, अशोक कार्की (माओवादी केन्द्रसँग तालमेल) ।

मधेस प्रदेशः ३१ तहमा जित, सबैमा एक्लै

सप्तरी

१) कञ्चनरुप नगरपालिका ललनप्रसाद गुप्ता (एक्लै) ।
२) तिरहुत गाउँपालिका, विजयकुमार यादव (एक्लै) ।
३) तिलाठी कोइलाडी गाउँपालिका, अरुणकुमार मण्डल (एक्लै) ।
४) सप्तकोशी नगरपालिका, कृष्णप्रसाद ढकाल (एक्लै) ।
५) सुरुङ्गा नगरपालिका, गीता चौधरी (एक्लै) ।

धनुषा

१) कमला नगरपालिका, विश्वेश्वर यादव (एक्लै) ।
२) धनुषाधाम नगरपालिका, बालेश्वर मण्डल (एक्लै) ।
३) धनौजी गाउँपालिका, राजकुमार साह (एक्लै) ।
४) बटेश्वर गाउँपालिका, रामआशिष महतो (एक्लै) ।
५) लक्ष्मीनिया गाउँपालिका, भोगेन्द्र मिश्र (एक्लै) ।
६) नगराइन नगरपालिका, विनयकुमार यादव (एक्लै) ।

महोत्तरी

१) मनरा शिसवा नगरपालिका, मोहन पाण्डेय (एक्लै) ।
२) लोहारपट्टी नगरपालिका, शैलेन्द्रकुमार यादव (एक्लै) ।

सर्लाही

१) कौडेना गाउँपालिका, रुपेशकुमार (एक्लै) ।
२) चन्द्रनगर गाउँपालिका, राजकुमार महतो (एक्लै) ।
३) धनकौल गाउँपालिका, रामआश्रय साह (एक्लै) ।
४) पर्सा गाउँपालिका, धिरेन्द्र राय (एक्लै) ।
५) ब्रह्मपुरी गाउँपालिका, रामपदारथ साह तेली (एक्लै) ।
६) मलंगवा नगरपालिका, नागेन्द्रप्रसाद यादव (एक्लै) ।
७) लालबन्दी नगरपालिका, वासुदेव अधिकारी (एक्लै) ।
८) विष्णु गाउँपालिका, जवाहरलाल यादव (एक्लै) ।
९) हरिपुर नगरपालिका, गोपाल पजियार (एक्लै) ।
१०) हरिपुर्वा गाउँपालिका, विनोदकुमार साह तेली (एक्लै) ।

रौतहट

१) चन्द्रपुर नगरपालिका, सञ्जयकुमार काफ्ले (एक्लै) ।
२) परोहा नगरपालिका, शेख वकिल (एक्लै) ।

बारा

१) कोल्हवी नगरपालिका, रामप्रसाद चौधरी (एक्लै) ।
२) सुवर्ण गाउँपालिका, राजेशप्रसाद यादव (एक्लै) ।

पर्सा

१) जिराभवानी गाउँपालिका, अनोज चौधरी (एक्लै) ।
२) पकाहा मैनपुर गाउँपालिका, सुरेश प्रसाद (एक्लै) ।
३) पटेर्वा सुगौली गाउँपालिका, दिनेशकुमार चौधरी (एक्लै) ।
४) जगरनाथपुर गाउँपालिका, श्रीकान्तप्रसाद यादव (एक्लै)

वागगमती प्रदेशः ५३ तहमा जित

३२ मा तालमेल, २१ मा एक्लै

सिन्धुली

१) घ्याङलेख गाउँपालिका, जगत बहादुर भोलन (माओवादी केन्द्रसँग तालमेल) ।
२) कमलामाई नगरपालिका, उपेन्द्रकुमार पोखरेल (माओवादी केन्द्रसँग तालमेल) ।
३) तीनपाटन गाउँपालिका, कर्ण बहादुर मगर (माओवादी केन्द्रसँग तालमेल) ।

रामेछाप

१) गोकुलगंगा गाउँपालिका, काजीबहादुर खड्का (एक्लै) ।
२) रामेछाप नगरपालिका, लवश्री न्यौपाने (एक्लै) ।
३) लिखु तामाकोशी गाउँपालिका, केशव महत (एक्लै) ।

दोलखा

१) कालिञ्चोक गाउँपालिका, अर्जुनप्रसाद सिवाकोटी (माओवादी केन्द्रसँग तालमेल) ।
२) वैत्यश्वर गाउँपालिका, छवी लामा (एक्लै) ।
३) भिमेश्वर नगरपालिका, ईश्वरनारायण मानन्धर (नेकपा एससँग तालमेल) ।

सिन्धुपाल्चोक

१) त्रिपुरासुन्दरी गाउँपालिका, भक्तध्वज बोहरा (एक्लै) ।
२) बाह्रबिसे नगरपालिका, बालकृष्ण बस्नेत (एक्लै) ।
३) भोटेकोशी गाउँपालिका, पासाङ नोर्पु शेर्पा (एक्लै) ।
४) मेलम्ची नगरपालिका, आइतमान तामाङ (राप्रपासँग तालमेल) ।
५) हेलम्बु गाउँपालिका, निमा ग्याजेन शेर्पा (एक्लै) ।

काभ्रेपलान्चोक

१) तेमाल गाउँपालिका, चन्द्रबहादुर तामाङ (तालमेल) ।
२) नमोबुद्ध नगरपालिका, कुन्साङ लामा (तालमेल) ।
३) पनौती नगरपालिका, रामशरण भण्डारी (तालमेल) ।
४) बनेपा नगरपालिका, शान्तिरत्न शाक्य (तालमेल) ।
५) बेथानचोक गाउँपालिका, भगवान अधिकारी (तालमेल) ।
६) रोशी गाउँपालिका, दिनेश लामा (तालमेल) ।

ललितपुर

१) गोदावरी नगरपालिका, गजेन्द्र महर्जन (माओवादी केन्द्रको सहयोग) ।
२) महांकाल गाउँपालिका, गणेश केसी (माओवादी केन्द्रसँग तालमेल) ।
३) बागमती गाउँपालिका, वीरबहादुर लोप्चन (माओवादी केन्द्रसँग तालमेल) ।

भक्तपुर

१) चाँगुनारायण नगरपालिका, जीवन खत्री (एक्लै) ।
२) मध्यपुर थिमी नगरपालिका, सुरेन्द्र श्रेष्ठ (माओवादी केन्द्रसँग तालमेल) ।

काठमाडौं

१) कागेश्वरी मनोहरा नगरपालिका, उपेन्द्र कार्की (माओवादी केन्द्रसँग तालमेल) ।
२) कीर्तीपुर नगरपालिका, राजकुमार नकर्मी (एक्लै) ।
३) गोकर्णेश्वर नगरपालिका, दिपककुमार रिसाल (एक्लै) ।
४) चन्द्रागिरी नगरपालिका, घनश्याम गिरी (तालमेल)
५) तारकेश्वर नगरपालिका, कृष्णहरि महर्जन (एक्लै) ।
६) दक्षिणकाली नगरपालिका, मोहन बस्नेत (एक्लै) ।

नुवाकोट

१) तादी गाउँपालिका, सन्तमान तामाङ (एक्लै) ।
२) तारकेश्वर गाउँपालिका, शिव अधिकारी (माओवादी केन्द्रसँग तालमेल) ।
३) म्यागङ गाउँपालिका, आशा तामाङ (एक्लै) ।
४) लिखु गाउँपालिका, ध्रुव श्रेष्ठ (एक्लै) ।
५) शिवपुरी गाउँपालिका, गोविन्दप्रसाद थपलिया (एक्लै) ।
६) सूर्यगढी गाउँपालिका, सन्तबहादुर तामाङ (एक्लै) ।

रसुवा

१) आमाछोदिङमो गाउँपालिका, बुचुङ तामाङ (एक्लै) ।
२) कालिका गाउँपालिका, हरीकृष्ण देवकोटा (एक्लै) ।
३) नौकुण्ड गाउँपालिका, नुर्वु स्याङवो घले (जसपासँग तालमेल) ।

धादिङ

१) खनियाबास गाउँपालिका, रणबहादुर तामाङ (तालमेल) ।
२) गंगाजमुना गाउँपालिका, भक्तबहादुर लामा (तालमेल) ।
३) ज्वालामुखी गाउँपालिका, यामनाथ दनै (तालमेल) ।
४) त्रिपुरासुन्दरी गाउँपालिका, राजु उप्रेती (मा तालमेल) ।
५) निलकण्ठ नगरपालिका, भीमप्रसाद ढुंगाना ( तालमेल) ।
६) नेत्रावती डबजोङ गाउँपालिका, मेघ नाथ रिजाल (एक्लै) ।
७) सिद्धलेक गाउँपालिका, परशुराम खतिवडा (तालमेल) ।

मकवानपुर

१) कैलाश गाउँपालिका, लोकबहादुर मुक्तान ( तालमेल) ।
२) बकैया गाउँपालिका, धर्मराज लामिछाने ( तालमेल) ।
३) मकवानपुरगढी गाउँपालिका, दोर्जे लामा स्याङतान ( तालमेल) ।
४) मनहरी गाउँपालिका, रन्जन कालाखेती ( तालमेल) ।
५) राक्सिराङ गाउँपालिका, राजकुमार मल्ल ( तालमेल) ।

चितवन

१) खैरहनी नगरपालिका, शशिकुमार खनियाँ (माओवादी केन्द्रसँग तालमेल) ।

गण्डकी प्रदेशः ३५ तहमा जित
१७ तहमा तालमेल, १८ तहमा एक्लै

गोरखा

१) आरुघाट गाउँपालिका, राजु गुरुङ (एक्लै) ।
२) शिरानचोक गाउँपालिका, ज्ञानेन्द्र गुरुङ (एक्लै) ।

लमजुङ

१) दूधपोखरी गाउँपालिका, धनप्रसाद गुरुङ (माओवादी केन्द्रसँग तालमेल) ।
२) मध्यनेपाल नगरपालिका, रमेशकुमार पाण्डे (माओवादी केन्द्रसँग तालमेल) ।
३) राइनास नगरपालिका, खड्ग बहादुर गुरुङ (माओवादी केन्द्रसँग तालमेल) ।
४) सुन्दरबजार नगरपालिका, कृष्णप्रसाद कोईराला (नेकपा एससँग तालमेल) ।

तनहुँ

१) ऋषिंग गाउँपालिका, राजेन्द्रकृष्ण श्रेष्ठ (एक्लै) ।
२) देवघाट गाउँपालिका, तिलबहादुर थापा (माओवादी केन्द्रसँग तालमेल) ।
३) शुक्लागण्डकी नगरपालिका, कृष्णराज पण्डित (माओवादी केन्द्रसँग तालमेल) ।
४) भानु नगरपालिका, आनन्दराज त्रिपाठी (एक्लै) ।

स्याङ्जा

१) अर्जुन चौपारी गाउँपालिका, प्रकाश तिवारी (एक्लै) ।
२) गल्याङ नगरपालिका, गुरुप्रसाद भट्टराई (एक्लै) ।
३) चापाकोट नगरपालिका, देवबहादुर खाण (एक्लै) ।
४) पुतलीबजार नगरपालिका, तुलसीराम रेग्मी (एक्लै) ।
५) भिरकोट नगरपालिका, गोविन्दकुमार कर्माचार्य (एक्लै) ।

कास्की

१) माछापुच्छ्रे गाउँपालिका, मिनबहादुर गुरुङ (एक्लै) ।
२) मादी गाउँपालिका, देवीजंग गुरुङ (माओवादी केन्द्रसँग तालमेल) ।

मनाङ

१) नार्पाभूमि गाउँपालिका, कोन्जो तेन्जीङ लामा (एक्लै) ।
२) नासो गाउँपालिका, धनबहादुर गुरुङ (माओवादी केन्द्रसँग तालमेल) ।

मुस्ताङ

१) घरपझोङ गाउँपालिका, मोहनसिँह लालचन (एक्लै) ।

पर्वत

१) कुश्मा नगरपालिका, रामचन्द्र जोशी (माओवादी केन्द्रसँग तालमेल) ।
२) जलजला गाउँपालिका, राजुप्रसाद आचार्य (माओवादी केन्द्रसँग तालमेल) ।
३)पैयूँ गाउँपालिका, तोरण मल्ल ठकुरी (एक्लै) ।
४) फलेवास नगरपालिका, गंगाधर तिवारी (माओवादी केन्द्रसँग तालमेल) ।
५) विहादी गाउँपालिका, परविन गुरुङ (माओवादी केन्द्रसँग तालमेल) ।

म्याग्दी

१) धवलागिरी गाउँपालिका, प्रेमप्रसाद पुन (माओवादी केन्द्रसँग तालमेल) ।
२) रघुगंगा गाउँपालिका, भवबहादुर भण्डारी (एक्लै) ।

बागलुङ

१) काठेखोला गाउँपालिका, राजु थापा (राजमोसँग तालमेल)
२) गलकोट नगरपालिका, भरत शर्मा (माओवादी केन्द्रसँग तालमेल) ।
३) तमानखोला गाउँपालिका, जोकलाल बुढा (एक्लै) ।
४) निसीखोला गाउँपालिका, सूर्यबहादुर घर्ती (माओवादी केन्द्रसँग तालमेल) ।
५) बाग्लुङ नगरपालिका, बसन्तकुमार श्रेष्ठ (माओवादी केन्द्रसँग तालमेल) ।
६) वडिगाड गाउँपालिका, गण्डकी थापा अधिकारी (एक्लै) ।

नवलपरासीपूर्व

१) गैँडाकोट नगरपालिका, मदनभक्त अधिकारी (एक्लै) ।
२) हुप्सेकोट गाउँपालिका, लक्ष्मीदेवी पाण्डे (एक्लै) ।

लुम्बिनी प्रदेशः ३८ तहमा जित

एक्लै २७ तहमा, तालमेल ११ तहमा

गुल्मी

१) इस्मा गाउँपालिका, भगतसिंह खड्का (एक्लै) ।
२) कालीगण्डकी गाउँपालिका, बेदबहादुर थापा (माओवादी केन्द्रसँग तालमेल) ।
३) गुल्मीदरबार गाउँपालिका, सरोजकुमार थापा (एक्लै) ।
४) मदाने गाउँपालिका, महेन्द्रबहादुर कुँवर (माओवादी केन्द्रसँग तालमेल) ।
५) रेसुङ्गा गाउँपालिका, खिलध्वज पन्थी (एक्लै) ।

पाल्पा

१) तानसेन नगरपालिका, सन्तोषलाल श्रेष्ठ (एक्लै) ।
२) रामपुर नगरपालिका, रमणबहादुर थापा (एक्लै) ।
३) रैनादेवी छहरा गाउँपालिका, रुक्मांगत भट्टराई (माओवादी केन्द्रसँग तालमेल) ।

रुपन्देही

१) कञ्चन गाउँपालिका, नवराज ढकाल (एक्लै) ।
२) मायादेवी गाउँपालिका, ध्रुवनारायण चौधरी (एक्लै) ।
३) शुद्धोधन गाउँपालिका, विष्णुप्रसाद बस्याल (माओवादी केन्द्रसँग तालमेल) ।
४) सिद्धार्थनगर नगरपालिका, इश्तियाक अहमद खान (माओवादी केन्द्रसँग तालमेल) ।
५) सियारी गाउँपालिका, थानेश्वर घिमिरे (एक्लै) ।

अर्घाखाँची

१) छत्रदेव गाउँपालिका, चन्द्रमान श्रेष्ठ (एक्लै) ।
२) सितगंगा नगरपालिका, छविलाल पौडेल (माओवादी केन्द्रसँग तालमेल) ।

कपिलवस्तु

१) मायादेवी गाउँपालिका, बलिउद्दीन मुसलमान (एक्लै) ।
२) कृष्णनगर नगरपालिका, रजतप्रताप शाह (एक्लै) ।

प्यूठान

१) ऐरावती गाउँपालिका, नवीलविक्रम शाह (राजमोसँग तालमेल) ।
२) गौमुखी गाउँपालिका, विष्णुकुमार गिरी (माओवादी केन्द्रसँग तालमेल) ।
३) स्वर्गद्वारी नगरपालिका, टेकप्रसाद भण्डारी (राजमोसँग तालमेल) ।

रोल्पा

१) गंगादेव गाउँपालिका, हरिबहादुर पुन (एक्लै) ।
२) रुन्टीगढी गाउँपालिका, जनक पुन (एक्लै) ।

दाङ

१) दंगीशरण गाउँपालिका, शम्भु गिरी (एक्लै) ।
२) बबई गाउँपालिका, कुलबहादुर खत्री क्षेत्री (एक्लै) ।
३) राजपुर गाउँपालिका, शरदकुमार बुढाथोकी (एक्लै) ।
४) लमही नगरपालिका, जोगराज चौधरी (एक्लै) ।
५) शान्तिनगर गाउँपालिका, प्रमोद बस्नेत (एक्लै) ।

बर्दिया

१) गुलरिया नगरपालिका, मुक्तिनाथ यादब (एक्लै) ।
२) गेरुवा गाउँपालिका, जमानसिँह केसी (एक्लै) ।
३) ठाकुरबाबा नगरपालिका, तिलकराम लम्साल (एक्लै) ।
४) बारबर्दिया नगरपालिका, छविलाल थारु (एक्लै) ।
५) मधुवन नगरपालिका, तेजबहादुर भाट (एक्लै) ।

बाँके

१) डुडुवा गाउँपालिका, नरेन्द्रकुमार चौधरी (एक्लै) ।
२) नेपालगञ्ज उपमहानगरपालिका, प्रशान्त विष्ट (पाँचदलीय गठबन्धन) ।
३) राप्ती सोनारी गाउँपालिका, तप्तबहादुर पौडेल (एक्लै) ।

नवलपरासीपश्चिम

१) प्रतापपुर गाउँपालिका, उमेशचन्द्र यादव (एक्लै) ।
२) वर्दघाट नगरपालिका, सम्भुलाल श्रेष्ठ (माओवादी केन्द्रसँग तालमेल) ।
३) सुस्ता गाउँपालिका, टेकनारायण उपाध्याय (एक्लै) ।

कर्णाली प्रदेशः ३२ तहमा जित

२० तहमा एक्लै, १२ मा तालमेल

पश्चिमीरुकुम

१) बाँफिकोट गाउँपालिका, जनकुमार बाँठामगर (एक्लै) ।
२) मुसिकोट नगरपालिका, महेन्द्र केसी (एमालेसँग तालमेल)

सल्यान

१) कुमाख गाउँपालिका, मानबहादुर बुढाथोकी (एमालेसँग तालमेल)
२) त्रिवेणी गाउँपालिका, खिमबहादुर रावत (एक्लै) ।
३) बागचौर नगरपालिका, जनकराज गौतम (एक्लै) ।
४) शारदा नरपालिका, प्रकाश भण्डारी (एक्लै) ।
५) सिद्ध कुमाख गाउँपालिका, भरत गिरी (एक्लै) ।

सुर्खेत

१) गुर्भाकोट नगरपालिका, हस्त पुन (एक्लै) ।
२) पञ्चपुरी नगरपालिका, लालवीर भण्डारी (एक्लै) ।
३) बराहताल गाउँपालिका, भीमबहादुर भण्डारी (एक्लै) ।
४) लेकबेशी गाउँपालिका, उमेशकुमार पौडेल (नेकपा एससँग तालमेल) ।

दैलेख

१) चामुण्डा बिन्द्रासैनी नगरपालिका, गणेशकुमार शाही (एक्लै) ।
२) ठाटीकाँध गाउँपालिका, रक्षबहादुर शाह (एक्लै) ।
३) दुल्लु नगरपालिका, भरतप्रसाद रिजाल (माओवादी केन्द्रसँग तालमेल) ।
४) भैरवी गाउँपालिका, रीताकुमारी शाही (एक्लै) ।
५) महाबु गाउँपालिका, लछुमन गुरुङ (एक्लै) ।

जाजरकोट

१) कुसे गाउँपालिका, हरिचन्द्र बस्नेत (एक्लै) ।
२) छेडागाड नगरपालिका, रत्नबहादुर खड्का (माओवादी केन्द्रसँग तालमेल) ।
३) शिवालय गाउँपालिका, शेरबहादुर शाही (माओवादी केन्द्रसँग तालमेल) ।

डोल्पा

१) ठूलीभेरी नगरपालिका, स्वर्णबहादुर बुढा (एक्लै) ।

हुम्ला

१) अदानचुली गाउँपालिका, मोहनविक्रम सिंह (माओवादी केन्द्रसँग तालमेल) ।
२) खार्पूनाथ गाउँपालिका, कर्णबहादुर रावल (माओवादी केन्द्रसँग तालमेल) ।
३) सर्केगाड गाउँपालिका, ठान बाहादुर रोकाया (माओवादी केन्द्रसँग तालमेल) ।

कालीकोट

१) तिलागुफा नगरपालिका, शंकरप्रसाद उपाध्याय (एमालेसँग तालमेल) ।
२) नरहरिनाथ गाउँपालिका, नगेन्द्रबहादुर विष्ट (एक्लै) ।

मुगू

१) छायाँनाथ रारा नगरपालिका, विष्णुकुमार भाम (एक्लै) ।
२) मुगुम कार्मारोङ्ग गाउँपालिका, छिरिङ क्याप्ने लामा (माओवादी केन्द्रसँग तालमेल) ।

जुम्ला

१) कनकासुन्दरी गाउँपालिका, दामोदरप्रसाद आचार्य (एक्लै) ।
२) गुठिचौर गाउँपालिका, दानबहादुर बुढा (माओवादी केन्द्रसँग तालमेल) ।
३) तातोपानी गाउँपालिका, नन्दप्रसाद चौलागाईं (एक्लै) ।
४) पातारासी गाउँपालिका, पूर्ण सिंगे बोहोरा (एक्लै) ।
५) हिमा गाउँपालिका, लक्ष्मणबहादुर शाही (एक्लै) ।

सुदूरपश्चिम प्रदेशः ३५ स्थानीय तहमा जित

२६ तहमा एक्लै, ९ मा तालमेल

बाजुरा

१) त्रिवेणी नगरपालिका, कर्णबहादुर थापा (एक्लै) ।
२) स्वामीकार्तिक खापर गाउँपालिका, भरतबहादुर रोकाया (एक्लै) ।
३) हिमाली गाउँपालिका, गोविन्दबहादुर मल्ल (एक्लै) ।

बझाङ

१) खप्तडछान्ना गाउँपालिका, उत्तम बहादुर रोकाया (माओवादी केन्द्र र नेकपा एससँग तालमेल) ।
२) जयपृथ्वी नगरपालिका, चेतराज बजाल (माओवादी केन्द्र र नेकपा एससँग तालमेल) ।
३) बित्थडचिर गाउँपालिका, अम्मरसिंह महर (एक्लै) ।
४) बुङ्गल गाउँपालिका, जय बहादुर धामी (माओवादी केन्द्र र नेकपा एससँग तालमेल) ।
५) मष्टा गाउँपालिका, ज्ञानबहादुर बोहरा (माओवादी केन्द्र र नेकपा एससँग तालमेल) ।
६ सूर्मा गाउँपालिका, खडकबहादुर बोहरा (एक्लै) ।

अछाम

१) कमलबजार नगरपालिका, यज्ञप्रसाद ढकाल (एक्लै) ।
२) चौरपाटी गाउँपालिका, भीमबहादुर साउद (एक्लै) ।
३) ढकारी गाउँपालिका, प्रकाशबहादुर साउद (एक्लै) ।
४) बान्नीगढी जयगढ गाउँपाकिला, टेकबहादुर साउद (माओवादी केन्द्रसँग तालमेल) ।
५) रामारोशन गाउँपालिका, मानबहादुर साउद (नेकपा एससँग तालमेल) ।
६) पञ्चदेवल विनायक नगरपालिका, अम्बिका चलाउने (एक्लै) ।

डोटी

१) आदर्श गाउँपालिका, गणेशबहादुर खड्का (एक्लै) ।
२) केआई सिंह गाउँपालिका, लोकेन्द्रबहादुर शाही (एक्लै) ।
३) दिपायल सिलगढी नगरपालिका, बाजीसिंह खड्का (एक्लै) ।
४) पूर्वीचौकी गाउँपालिका, रामप्रसाद उपाध्याय (एक्लै) ।
५) बडीकेदार गाउँपालिका, भैरवबहादुर साउद (एक्लै) ।
६) शिखर नगरपालिका, दीर्घबहादुर बलायर (एक्लै) ।
७) सायल गाउँपालिका, धर्मराज जोशी (एक्लै) ।

कैलाली

१) कैलारी गाउँपालिका, राजसमझ चौधरी (एक्लै) ।
२) गोदावरी नगरपाकिला, वीरेन्द्र भट्ट (नेकपा एससँग तालमेल) ।

कञ्चनपुर

१) बेलडाँडी नगरपालिका, हरिशचन्द्र राना (एक्लै) ।
२) बेदकोट नगरपालिका, भोजराज बोहरा (एक्लै) ।

डडेलधुरा

१) अमरगढी नगरपालिका, डिल्लीराज जोशी (एक्लै) ।
२) गन्यापधुरा गाउँपालिका, ईन्द्रबहादुर कार्की (एक्लै) ।
३) नवदुर्गा गाउँपालिका, लक्ष्मीप्रसाद अवस्थी (एक्लै) ।
४) परशुराम नगरपालिका, भरत बडायर जोशी (एक्लै) ।
५) भागेश्वर गाउँपालिका, हेमराज चटौत (एक्लै) ।

बैतडी

१) पाटन नगरपालिका, गौरीसिंह रावल (माओवादी केन्द्रसँग तालमेल) ।
२) पुर्चौडी नगरपालिका, दीपकबहादुर बम (एक्लै) ।
३) शिवनाथ गाउँपालिका, कर्णसिंह साउँद (माओवादी केन्द्रसँग तालमेल) ।
४) सिगास गाउँपालिका, हरिसिंह धामी (एक्लै) ।