मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवनिर्वाचित अध्यक्षको पहिलो निर्णय, लालपुर्जा वितरण र द्वन्द पिडितलाई राहतको व्यवस्था

नवनिर्वाचित अध्यक्षको पहिलो निर्णय, लालपुर्जा वितरण र द्वन्द पिडितलाई राहतको व्यवस्था


रामारोशन गाउँ पालिका अध्यक्ष साउदद्वारा पदभार ग्रहण

अछाम : रामारोशन गाउँ पालिकाका नव निर्वाचित अध्यक्ष मान बहादुरले साउदले सोमबार पदभारा ग्रहण गरेका छन् ।

रामारोशन गाउँ पालिकाको मुजाबगरमा एक कार्यक्रमका बिच आफ्नो कार्यकक्षमा साउदले पदभार ग्रहण गरेका कांग्रेस युवा नेता पुष्प बिष्टले बताए ।

पदभार ग्रहण गर्दै अध्यक्ष साउदले विगत १० बर्षिय द्वन्द तथा अन्य कारणले लालपुर्जा बिहिन रामारोशनका जनतालाई लालपुर्जा वितरणका लागि बिशेष पहल गर्ने र द्वन्दले गर्दा राज्य र बिद्रोही दुबै पक्षबाट पिडित रामार‍ोशनका जनताका लागि सक्ने राहतको व्यवस्था गर्ने निर्णय गरेका छन ।

यसका साथै उनले आफू रामारोशनको सुशासन र समृद्धि र पर्यटन बिकास लागि अवरात्र खटिएर लाग्ने बताए । बाढीबाट प्रभावित नागरिकलाई प्रभावकारी राहत तथा सुरक्षित बस्ती निर्माणका पहिलो प्राथमिकता दिदै यसका लागि सबै निकाय संग सहयोग का लागि पहल गर्ने समेत बताए ।

साउद बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ३१२७ मत सहित नेपाली कांग्रेसको तर्फबाट पालिकन अध्यक्ष मा निर्वाचित हुनु भएको हो ।

रामारोशन गाउँ पालिका निवर्तमान उपाध्यक्ष सरस्वती रावल सहित नेपाली कांग्रेस सुदुर पश्चिम प्रदेश सदस्य अनुराधा स्वार रावल, रामारोशन गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी लेखा अधिकृत झनक प्रसाद न्यौपानेको उपस्थितिमा उनले पदभार ग्रहण गरेका थिए।

कार्यक्रममा पुर्व क्षेत्रपाल धर्मराज न्यौपाने , कांग्रेस क्षेत्रिय सचिव पुर्ण बिक,रामारोशन गाउँ पालिका वडा न. ४ का निवर्तमान वडा अध्यक्ष केश ब बटाला नेपाली कांग्रेस प्रदेश उपसभापति गोपिप्रसाद खनाल सदस्य दल साउद ,ललिता खत्री नेकपा एमाले नेता भरत अयडि रामारोशन गाउँ पालिका आन्तरिक लेखापरीक्षक जनक रिमाल प्रविधिक गोकुल देवकोटा प्रहरी चौकी शान्तडा इन्चार्ज, एमाले का नेता देवेन्द्र भण्डारी लगायत अन्य निर्वाचित प्रतिनिधि को पनि सहभागीता रहेको थियो ।