मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेठदेखि भदौसम्म सर्पले डस्ने सम्भावना उच्च

जेठदेखि भदौसम्म सर्पले डस्ने सम्भावना उच्च

सर्पले टोकिहाले यसरी अपनाऔं सावधानी


सर्पले टोकिहाले यसरी अपनाऔं सावधानी

काठमाडौं । जेठदेखि भदौसम्म सर्पले डस्ने सम्भावना बढी हुन्छ । वर्षातको मौसममा सर्पले टोक्ने सम्भावना धेरै हुने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

सर्पले डसेमा ज्यानसमेत जाने उच्च सम्भावना हुने भएकाले यसबाट बच्न विशेष ध्यान दिनुपर्ने प्राधिकरणले जनाएको छ । 

सर्पले डसेका व्यक्ति आत्तिन सक्ने भएकाले सान्तवना दिनु पर्ने बताएको प्राधिकरणले सर्पले डसेको खण्डमा नजिकैको स्वास्थ्य संस्था तथा सर्पदंश उपचार केन्द्रमा लैजानु पर्ने जनाएको छ । 

सवारी साधनमा लैजाँदा घाइतेलाई बसाएर लैजानु पर्छ । यसो गर्दा सर्पले टोकेको ठाउँलाई सकेसम्म मुटुको सतहभन्दा तल राख्न प्राधिकरणले सुझाएको छ । घडी, चुरा, औंठी र पेटीलगायत खोल्नु पर्ने प्राधिकरणले आग्रह गरेको छ ।