अछाम । नेपाल प्रेस यूनियन अछामका पूर्व अध्यक्ष एवंम जीपी कोईराला प्रतिष्ठान अछामका अध्यक्ष यज्ञराज ढुंगानालाई मातृ शोक परेको छ ।
ढुंगानाकी आमा बसुन्धरा जैशी ढुंगानाको शनिबार राती १२ बजे उपचारको क्रममा कोहलपुर मेडिकल कजेजमा निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि उनलाई कोहलपुर लगिएको थियो ।
तर उपचारकै क्रममा निधन उनको ५७ बर्षको उमेरमा निधन भएका छ । मृतकलाई अहिले अछाम ल्याउदैँ गरिएको र आजै कैलाशखोलामा अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।
प्रतिक्रिया