मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गरिँदै

आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गरिँदै


काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्न लागेको हो । 

अर्थमन्त्री जनार्दन शर्माले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ । हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 

शनिबार नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारिता भएको थियो । नीति तथा कार्यक्रम पारित भएसँगै बजेट ल्याउने बाटो खुलेको हो । 

शनिबारको संसद् बैठकबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको थियो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । त्यसमाथि संसद्मा तीन दिन छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेस गरेका थिए ।

शनिबारै सभामुखले निर्णयार्थ पेस गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि सांसद्ले राखेको जिज्ञासाको जवाफ दिएका थिए । राष्ट्रियसभाको शुक्रबारको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको थियो ।