मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

के हो कुष्ठरोग, कस्ता हुन्छन् यसका लक्षणहरू?

के हो कुष्ठरोग, कस्ता हुन्छन् यसका लक्षणहरू?


डा अमृता श्रेष्ठ

काठमाडौं- कुष्ठरोग आँखाले देख्न नसकिने मायक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सरुवा रोग हो। यो रोगले खास गरेर छाला, स्नायुमा असर गर्दछ।

Health Insurance board

यो रोग प्राचीन कालदेखि नै मानिससँग परिचित भए पनि सन् १८७३ मा मात्र नर्वेका वैज्ञानिक डा जीए ह्यानसनले कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनी पत्ता लगाएका हुन्।

यो रोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने हुन्छ र विस्तारै यस रोगले मांसपेशी कमजोर बनाइदिन्छ।

त्यस्तो छोएको थाहा नपाउने भागमा साधारण चोटपटक लाग्दा पनि छिटो निको हुँदैन।

यदि तलकामध्ये कुनै अवस्था भएमा कुष्ठरोग संका गर्न सकिन्छ।

छालामा रातो वा फुस्रो रंगको दाग आएमा

अनुहारको छाला र कानको लोती बाक्लो र चम्कीलो देखिएमा

अनुहारमा वा शरीरका अन्य भागमा गिर्खाहरू देखिएमा

आँखीभौं झरेमा वा पातलो भएमा

हात खुट्टा औंलाहरु बाङ्गो भएमा

हात वा खुट्टा लत्रिएमा 

हत्केला वा पैतालामा नदुख्ने घाउ देखा परेमा

हत्केलाको मांसपेशी सुकेर गएमा

नाक थेप्चो भएर गएमा 

लगातार हात गोडा हरु झमझम गरिरहेमा 

हात गोडाहरु पोल्ने र निदाएको जस्तो भएमा

अनुहारमा कमिला हिँडेको जस्तो रग रग गरेमा

हातका औंलाहरु बिस्तारै कमजोर हुँदै गएमा

साधारण काम जस्तैः लेख्दा कलम नसमातिने, टाक लगाउन, चौबन्दीको तुना बाध्न नसकिने भएमा

खुट्टा कमजोर हुँदै गएमा, हिँड्दा चप्पल खुट्टामा नअडिएमा

           -(श्रेष्ठ शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा कार्यरत छन्।)