काठमाडौं । अभिभावकले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा त्यसको असर घरमा रहेका बालबालिकामा पनि पर्छ । अभिभावकले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिकालाई प्रत्यक्ष तथा परोक्ष रूपमा असर गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अभिभावकले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिकालाई दम, निमोनिया, ब्रोन्काइटिसजस्ता श्वासप्रश्वास सम्बन्धी समस्या हुने मन्त्रालयले जनाएको छ ।
बारम्बार रुघाखोकी लाग्ने, कानको संक्रमण भई श्रवण शक्तिमा समस्या हुने स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
“क्यान्सर हुने सम्भावना बढ्छ । त्यसैले सुर्तीजन्य पदार्थ त्यागेर स्वास्थ्य र वातावरण जोगाउनुपर्छ,” मन्त्रालयले भनेको छ ।
प्रतिक्रिया